नेपाल आइडलका टप थ्रीलाई जापानले पत्याएन

118

फागुन १३,
काठमाडौं । नेपाल आइडलका टप थ्रीलाई प्रत्यक्ष भेट्ने मौका यसपाली जापानवासी नेपालीले चुकाउने भएका छन् । नेपाल आइडलका विजेता बुद्ध लामा, फर्स्ट रनअरअप निशान भट्टरार्इी , सेकेण्ड रनअरअप प्रताप दासको सहभागितामा हुने भनिएको ‘हिमालय ल्होसार नाइट’ कार्यक्रय रद्द भएपछि उनीहरुलाई भेट्ने अवसर उनका फ्यानहरुले गुमाएका छन् । भिसा उनीहरूका लागि बाधक बनेको हो ।
विश्व टुरमा निस्किएका नेपाल आइडलका बुद्ध, प्रताप र निशानलाई जापान प्रेवश गर्न भने जापान सरकारले रोकिदियो ।
आयोजक गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको एक सदस्यका अनुसार कलाकारको भिसामा समस्या देखिएपछि अन्तिममा आएर ‘हिमालय ल्होसार नाइट’ कार्यक्रम स्थगित हुन पुगेको हो ।
बुद्ध, प्रताप र निशानसँगै नेपाल आइडलका प्रतिस्पर्धी सन्ध्या जोशी, केन्जलमेहर श्रेष्ठ, मोडल एलिशा राई, उद्घोषक सुशिल नेपाल पनि जापान आउने तयारीमा रहेका थिए ।
आयोजक एनआरएनए जापानले भने विज्ञप्ति निकाल्दै समय अभावका कारण कार्यक्रम स्थगित गर्न बाध्य भएको बताएको छ ।