Home Blog Page 2129
फागुन ११, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएको एक साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। ओली नेतृत्वको सरकारलाई समर्थन गरेको माओवादी केन्द्रले पार्टीबाट सरकारमा जाने मन्त्रीको टुंगो लगाउन नसक्दा शुक्रबार पनि मन्त्रिपरिषद् विस्तारको सम्भावना न्यून रहेको हो। माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्यको बिहीबार बसेको बैठकले मन्त्री छान्ने जिम्मा शीर्ष ३ नेतालाई दिएको थियो। पार्टी...
फागुन ११, काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६७औं जन्मदिन मनाएका छन्। शुक्रबार सरकारी निवास बालुवाटारमा श्रीमती राधिका शाक्य र एमाले कार्यकर्ताको साथमा केक काटेर ओलीले आफ्नो जन्मदिन मनाएका हुन्। ओलीलाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, मन्त्रीद्वय लालबाबु पण्डित र थममाया थापा लगायतले शुभकामना दिएका थिए। मोहनप्रसाद ओली र मधुको छोराका रूपमा २००८ साल फागुन...
फागुन ११, काठमाडौं । माओवादी केन्द्रबाट निस्कासन गरिएका नेता गोपाल किराँतीले आफूलाई कारवाही गरेकोमा पार्टी अध्यक्ष प्रचण्डलाई धन्यवाद दिएका छन् । उनले विज्ञप्ति निकालेर भनेका छन्, ‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा ९माओवादी केन्द्र० पुनर्गठनको आह्वान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग ठानेर पुष्पकमल दाहाल एण्ड कम्पनिले हामीलाई ‘कथित कार्वाही’ गरेकोमा त्यस कम्पनिलाई धन्यवाद नै दिनुपर्छ ।’ एकपटक पनि सुनुवाइको मौका नदिइ कारवाहीको...
फागुन ११, काठमाडौ । स्वेच्छिक अवकाशका लागि अन्तिम मिति नजिकिँदै गर्दा अवकाश रोज्ने कर्मचारीको संख्या बढ्दै गएको छ। बिहीबारसम्म २७ सयभन्दा धेरै कर्मचारीले स्वच्छेकि अवकाशका लागि निवेदन दिएका छन्। निवेदन दिनेमा ३ सचिव समेत छन्। भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव शम्भु कोइराला, व्यवस्थापिका संसद् सचिवालयमा कार्यरत सचिवद्वय हिमनाथ सुवेदी र वीरेन्द्र कार्कीले अवकाशका लागि निवेदन दिएका छन्। त्यस्तै हालसम्म ७ जना सहसचिवको...
फागुन ११, काठमाडौं । कृषि मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरु श्रीमती सहित विदेश शयरमा निस्कने तयारी गर्दैछन् । केही कर्मचारीहरु कार्यक्रमको नाममा विदेशमा पुगेका छन भने केही पुगेर फर्किएका छन् । किसानहरुका हितमा खास उल्लेख्य काम गर्न नसकेको कृषि मन्त्रालयका कर्मचारीहरु सबैभन्दा बढी विदेश भ्रमण गर्न कर्मचारीहरुमा पर्दछन् । त्यहाँका कर्मचारीहरु कुनै न कुनै बाहनामा विदेश पुगिरहेका हुन्छन् । विदेश जाँदा दैनिक...
फागुन ११, काठमाडौं । सरकारले केन्द्रमा मन्त्रालयहरुको संख्या घटाएर १७ वटामा सीमित गरेको छ । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १८ सदस्यीय मन्त्रीमण्डल बन्ने छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यसअघि रहेका ३० वटा मन्त्रालयलाई १७ वटामा झार्ने निर्णय गरेको वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए । दुई पार्टीको ुहमति अनुसार अब प्रधानमन्त्री सहति एमालेलाई ११ र माओवादी ७...
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ः १ को अनुपातमा साविकका शेयरधनीहरुलाई जारी गर्न लागेको ११,५०,००० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । विहीवारका दिन एन आई सी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको...
काठमाडौं । रेडियोमा लाइभ कार्यक्रम चलाउँदा चलाउँदै प्रस्तोता सुत्केरी हुन्छिन् । र, उनले जन्माएको बच्चाको नाम स्रोताहरुले नै राखिदिन्छन् । तपाईंलाई यो कुरा पढ्दा र सुन्दा पक्कै अचम्म लाग्यो होला । तर अचम्म मान्नुपर्दैन । प्रसव पीडा र सुत्केरीको पनि रेडियोमा प्रत्यक्ष प्रसारण गरिएको कुरा सत्य नै हो । यो अमेरिकाको घटना हो । अमेरीकाको सेन्ट लुइसस्थित ‘द आर्क...
फागुन १०, काठमाडौं । प्रतिनिधिसभाको बैठकको पूर्वसन्ध्यामा नेपाली कांग्रेसभित्र संसदीय दलको नेता खोजी सुरु भएको छ । शनिबार बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको संयुक्त बैठकले दलको विधान संशोधन गर्नेछ । भोलिपल्ट बस्ने केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरेसँगै संसदीय दलको नेता छान्न निर्वाचन कमिटी गठन गर्ने सम्भावना छ । दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा स्वभाविक दावेदार नै भए । पूर्वमहामन्त्री प्रकाशमान सिंहले...
फागुन १०, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधानमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ । इम्बोस्ड नम्बर देवनागरी लिपीमा हुनु पर्ने माग गर्दै भरत बस्नेतले दायर गरेको रिटमा प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अन्तरिम आदेश दिएको हो । अदालतले नेपाली नम्बर राख्न नसकिने केही कारण छ ७ दिन लिखित जवाफसहित आउन भनेको छ । यातायात व्यवस्था विभागले...