बैशाख ३०,
भक्तपुर । प्रदेश नम्बर ३ का सांसद हरिशरण लामिछानेको स्वास्थ्यमा अचानक समस्या देखिएको छ । लामिछाने निकटले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्था स्थिर रहेको भनिएको छ । उनलाई सिनामंगल स्थित केएमसी अस्पतालमा भर्ना गरिएको हो । केही दिन रारा घुमेर फर्किएका लामिछाने हिजो मात्र घर पुगेका थिए । लामिछाने भक्तपुरको निर्वाचन क्षेत्र १ एकको प्रदेश १...
वैशाख ३०,
केके मानन्धर
भक्तपुरको मध्यपुर थिमिमा एक समारोहकाबीच आयुस शाक्यलाई उत्कृष्ट सांस्कृतिक फोटोग्राफर घोषणा गरिएको छ । रोटरी क्लब अन्तर्गतको रोट¥याक्ट मध्यपुर शाखाले शाक्यलाई उत्कृष्ट घोषणा गरी प्रोत्साहन स्वरुप फोटोग्राफी सम्बन्धिका विभिन्न सामग्री उपलब्ध गराएको छ । तीन दर्जन मध्ये राजु महर्जनको दोस्रो र कपिल चन्द्र पालको तस्बिर तेस्रो भएको हो । संस्थाले प्रत्येक वर्ष मध्यपुरमा बिस्का जात्राको सन्दर्भमा...
बैशाख ३०,
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका तीन तालतलैयामा करेन्ट लागेर आज बिहान स्थानीयवासी १४ वर्षीया मौसमी राईको मृत्यु भएको छ । पानी तान्नका लागि मोटर चलाउने क्रममा शनिबार करेन्ट लागेर गम्भीर घाइते भएकी राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बैशाख ३०,
काठमाडौं । गत बिहीबार साँझ ८ बजे वीर अस्पतालमा सीताराम कट्टेल ‘धुर्मुस’ लाई कामको धम्मरधुस थियो । सघाउँदै हुनुहुन्थ्यो कुन्जना घिमिरे, ‘सुन्तली’ । ‘यहाँ कुनै हास्य ‘टेलिसिरियल’ छायांकन हुँदैछ कि क्या हो ? ’ अस्पताल पुगेका सर्वसाधारण आपसमा लख काट्दै थिए । अर्काथरिको अनुमान थियो, “होइन, यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउन लागेका होलान् ।” शुक्रबारै प्रधानमन्त्री मोदी...
बैशाख ३०,
बाजुरा । जनयुद्ध सकिएको करीब २१ वर्ष पुगे पनि बेपत्ता भएका बाजुराका ३० जना घर फर्कन सकेका छैनन् ।
राज्य र दुवै माओवादी पक्षबाट बाजुराका सर्वसाधारण जनताले हदैसम्म दुःख पाएका थिए । द्वन्द्वकालमा बालबालिकादेखि वृद्धवृद्धासमेत माओवादी र सरकार पक्षबाट पीडित बन्दै गएका थिए । द्वन्द्वकालमा बेपत्ता स्थानीयवासी लामो समय बितिसक्दा पनि घर फर्कका छैनन् । बेपत्ता भएका...
-सुशिला पौडेल,
तिम्रो यादमा हराउनुको मजै अर्को छ
तिमी समीपै लजाउनुको मजै अर्को छ ।सबैले भन्छन् अचेल म नबोल्ने भएँ रे
मौनतामै रमाउनुको मजै अर्को छ ।थाहै नदिई तिमीलाई बसाइ दिलमा
सुटुक्कै मन पराउनुको मजै अर्को छ ।कल्पी कल्पी टोलाउँदै भुली आफूलाई
तस्बिर मनमा सजाउनुको मजै अर्को छ ।माया हुँदाहुँदै पनि छैन छैन भनेर
जानी जानी सताउनुको मजै अर्को छ । ...
-यमुना पराजुली अधिकारी
छोराछोरीलाई स्कुल पठाई सकेर उनले मोबाइल अन गरिन् । ऊ अनलाइन आइसकेको
रहेछ । उनी बिछट्टै खुसी भइन् । तर किन यो खुसी यसरी फक्रिइरहेछ ? यसको जवाफ सागर जत्तिकै गहिरो छ । आकाशजत्तिकै फराकिलो ।
आफु गलत बाटोमा जाँदैछु की ? कहिलेकाहीँ यस्तो प्रश्न पनि मनको कुना कन्दरामा रुमल्लिइरहन्छ । तर उसलाई फेसबुकमा अनलाइन देखेपछि मनले मान्दै मान्दैन...
बैशाख २९,
संखुवासभा । मकालु गाउँपालिकामा निर्माणाधीन राष्ट्रिय गौरबको बहुचर्चित परियोजना अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यसपछि स्थानीयमा खुसियाली छाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शुक्रबार राजधानीको द्वारिकाज होटलबाट भिडियो कन्फरेन्स गर्दै स्वीच थिचेर संयुक्त रुपमा शिलान्यास गरेका थिए। २०४२ सालदेखि चर्चा चलेकको भए पनि राजनीतिक विवादका कारण ९०० मेगावाटको यो...
बैशाख २९,
काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत प्रस्थान गरेका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट मोदी शनिबार अपराह्न ४.४० बजे भारत फर्किएका हुन्। जनकपुरबाट भ्रमण सुरु गरेका मोदी मुस्ताङको मुक्तिनाथसम्म पुगे। उनले नेपालका विभिन्न धार्मिक स्थलमा विशेष पूजा गरेका थिए।
बैशाख २९,
काठमाडौं । महानगरपालिकाले भारतीय प्रधानमन्त्रीको अभिन्नदनमा ५५ केजीको बुद्ध मुर्ति उपहार दिएको छ। काठमाडौं महानगरपालिकाले शान्तिका प्रतिक बुद्धको मुर्ति दिएर मोदीको अभिन्दन गरेको हो। काठमाडौंको सभागृहमा अभिन्नदको क्रममा उनलाई बुद्ध मुर्तिसहित कलात्मक काष्ठ सामाग्री मयुरको झ्याल पनि प्रदान गरिएको छ। त्यस्तै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मोदीको सम्मान स्वरुप महानगरबासीको तर्फबाट अभिनन्दन पत्र समेत दिएका छन्।...










