गजलः मजै अर्को छ

303

-सुशिला पौडेल,
तिम्रो यादमा हराउनुको मजै अर्को छ
तिमी समीपै लजाउनुको मजै अर्को छ ।

सबैले भन्छन् अचेल म नबोल्ने भएँ रे
मौनतामै रमाउनुको मजै अर्को छ ।

थाहै नदिई तिमीलाई बसाइ दिलमा
सुटुक्कै मन पराउनुको मजै अर्को छ ।

कल्पी कल्पी टोलाउँदै भुली आफूलाई
तस्बिर मनमा सजाउनुको मजै अर्को छ ।

माया हुँदाहुँदै पनि छैन छैन भनेर
जानी जानी सताउनुको मजै अर्को छ ।

                                                                        लालबन्दी सर्लाही , हालः कपन काठमाडौं