Saturday, September 19, 2026
Home समाचार मोदीलाई उपहार ५५ केजीको बुद्ध मूर्ति र मयुरको झ्याल

मोदीलाई उपहार ५५ केजीको बुद्ध मूर्ति र मयुरको झ्याल

355

बैशाख २९,
काठमाडौं । महानगरपालिकाले भारतीय प्रधानमन्त्रीको अभिन्नदनमा ५५ केजीको बुद्ध मुर्ति उपहार दिएको छ। काठमाडौं महानगरपालिकाले शान्तिका प्रतिक बुद्धको मुर्ति दिएर मोदीको अभिन्दन गरेको हो। काठमाडौंको सभागृहमा अभिन्नदको क्रममा उनलाई बुद्ध मुर्तिसहित कलात्मक काष्ठ सामाग्री मयुरको झ्याल पनि प्रदान गरिएको छ। त्यस्तै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मोदीको सम्मान स्वरुप महानगरबासीको तर्फबाट अभिनन्दन पत्र समेत दिएका छन्। महानगरको सधै खुलाछ भन्ने सन्देश दिनको लागि साचो समेत हस्तान्तरण गरिएको छ। मोदीले आफू जानकी, पुशपतिनाथ, मुक्तिनाथको दर्शन गरिसकेको अवस्थामा छिट्टै लुम्विनी आउने सोचमा रहेको समेत बताएका छन्।