भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा बोलेरो दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश नेपाली मजदुर रहेको भारतीय संचारमाध्यमहरूले जनाएका छन्। मृतकहरूको नाम खुले पनि ठेगाना खुलिसकेको छैन। दुर्घघटना अन्य तीन जना गम्भीर घाइते भएका छन् जसमध्ये २ जना नेपाली रहेको जनाइएको छ।नैनीताल जिल्लाको बेतालघाट विकासखण्डस्थित उँचाकोट क्षेत्रमा नेपाली चालकले चलाएको बोलेरो गाडी दुर्घटना भएको हो। मृत्यु हुनेहरूमा...
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीकाे जुलुसले निषेधित क्षेत्र तोडेका छन्। सिंहदरबारको मूल गेटअगाडि भद्रकालीबाट माइतीघर मोडिने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र ताेडेपछि प्रहरीले केही सेल अश्रुग्यास र पानीकाे फाेहरा प्रहार गरेको छ। सरकारलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले आफ्नो माग पूरा गर्न दबाव सिर्जना गर्न जनप्रदर्शन गरेको हो।
उत्तर अमेरिकाका मानिसहरूले आफ्नो जीवनकै दुर्लभ दृश्य देख्न पाएका छन्। चैत २६ गते (एप्रिल ८) सोमबारमा औँसीका दिन उनीहरूले खग्रास सूर्यग्रहण देख्ने अवसर पाएका हुन्। म्याक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म खग्रास सूर्यग्रहण लागेको थियो। कोलम्बिया, स्पेन, भेनेजुएला, आयरल्याण्ड, पोर्टल, आइसल्याण्ड, बेलायत र केही क्यारेबियाली देशहरूबाट खण्डग्रास (आंशिक) ग्रहण देखिएको थियो। अमेरिकी अन्तरिक्ष निकाय नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले...
रौतहट : जिल्लाको वृन्दावन नगरपालिकामा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ । वृन्दावन नगरपालिका वडा नं.१ स्थित खैरा टोलका किशोरकुमार बैठाकी छोरी १३ वर्षीया निरञ्जनकुमारीको मृत्यु भएको हो। सोमबार दिउँसो बाख्रा चराउन गएकी बैठा गर्मी छल्न साथीहरूसँग घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेकी वडाध्यक्ष रामनाथ सहनीले जानकारी दिए।
काठमाडौं : नेपाली बजारमा सुनले फेरी नयाँ रेकर्ड बनाएको छ। केही महिनादेखि सुनको मूल्य दिनानुदिन बढेर रेकर्ड कायम गर्दै आएको छ। आज छापावाला सुन तोलामा १ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आज सुनको भाउ १०० रुपैयाँले बढेको हो। सोमबार छापावाला सुन तोलामा १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुन प्रतितोला १...
काठमाडौं : प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको छलफल सुरु भएको छ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापासहितको बैठक सुरु भएको छ। सभामुखले झापा जाने कार्यक्रम रद्ध गरेर सदन खुलाउनका लागि पहल थालेको सचिवालयले जनाएको छ। सभामुख घिमिरे आज दिदीको निधन...
काठमाडौं : सत्ता गठबन्धने राष्ट्रिय सभा उपाध्यक्षका लागि नेकपा एमालेकी विमला घिमिरेलाई अघि सारेको छ। नेपाली कांग्रेसले उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ। संघीय संसद् भवनको ल्होत्से हलमा साढे ११ बजेका लागि राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ताको समय तोकिएको छ। त्यसका मनोनयन दर्ताका लागि तयारी रहेको एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक देवेन्द्र दाहालले जानकारी दिए। नयाँ...
काठमाडौं । आजबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सकिँदै छ। चैत १५ बाट सुरु भएको एसईई आज सकिने छ ।यस पटक एसईईमा सहभागी हुन परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका छन् ।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा सहभागी हुन पाँच लाख चार हजार विद्यार्थीले फाराम भरेका थिए। बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले...
भक्तपुर, चैत २५ । अन्तर्राष्ट्रिय पदक पाउन सफल सुर्यविनायक वडा ९ भातेढिकुर भक्तपुरमा रहेको मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा “सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम-२०८०” करिब ६१७ अभिभावकहरुको उपस्थितिमा चैत्र २४ गते भव्यताका साथ सम्पन्न गरेको छ । विद्यालयको वार्षिकोत्सवको अवसरमा सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान तथा प्रतिभा प्रस्तुतिकरण कार्यक्रम-२०८० मा नगर प्रमुख थापाले सुर्यविनायक नगरको...
यदि तपाईं कसैको व्यक्तिगत विषयमा जान्न चाहनुहुन्छ भने ऊ सुतिरहेको अवस्था हेर्नुस्। किनकि, सुत्ने शैलीले मानिसको आन्तरिक व्यक्तित्वको विषयमा धेरै जानकारी दिन सक्छ। एक हजारभन्दा धेरै व्यक्तिको संलग्नतामा व्यक्तित्वको र सयन–स्थितिका बारेमा स्कटल्यान्डमा एउटा अध्ययन गरिएको थियो, जसले व्यक्तित्व र सुत्ने शैलीका विषयमा धेरै कुराको जानकारी दिन्छ। स्कटल्यान्डको इडिनवर्गमा अवस्थित निद्रासम्बन्धी अध्ययन गर्ने संस्था ‘स्लिप असेस्मेन्ट एन्ड एड्भाइजरी सर्भिस’...










