Monday, September 28, 2026
Home राजनीति राष्ट्रिय सभा उपाध्यक्षमा घिमिरे र पुडासैनी उम्मेदवार

राष्ट्रिय सभा उपाध्यक्षमा घिमिरे र पुडासैनी उम्मेदवार

54

काठमाडौं : सत्ता गठबन्धने राष्ट्रिय सभा उपाध्यक्षका लागि नेकपा एमालेकी विमला घिमिरेलाई अघि सारेको छ। नेपाली कांग्रेसले उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ। संघीय संसद् भवनको ल्होत्से हलमा साढे ११ बजेका लागि राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ताको समय तोकिएको छ। त्यसका मनोनयन दर्ताका लागि तयारी रहेको एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक देवेन्द्र दाहालले जानकारी दिए। नयाँ सत्ता समीकरणपछि राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएसँगै माओवादीबाटै प्रतिनिधित्व गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी थिइन्।आज मनोनयन दर्तापछि भोलि पौने १ बजे राष्ट्रियसभाको बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षरबाट उपाध्यक्षको निर्वाचन हुनेछ।