Sunday, September 27, 2026
Home समाचार पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु

29

रौतहट : जिल्लाको वृन्दावन नगरपालिकामा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ । वृन्दावन नगरपालिका वडा नं.१ स्थित खैरा टोलका किशोरकुमार बैठाकी छोरी १३ वर्षीया निरञ्जनकुमारीको मृत्यु भएको हो। सोमबार दिउँसो बाख्रा चराउन गएकी बैठा गर्मी छल्न साथीहरूसँग घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेकी वडाध्यक्ष रामनाथ सहनीले जानकारी दिए।