Friday, September 25, 2026
Home शिक्षा एसईई दिने ३७ हजार विद्यार्थी गायब !

एसईई दिने ३७ हजार विद्यार्थी गायब !

80
फाइल तस्विर

काठमाडौं । आजबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सकिँदै छ। चैत १५ बाट सुरु भएको एसईई आज सकिने छ ।

यस पटक एसईईमा सहभागी हुन परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा सहभागी हुन पाँच लाख चार हजार विद्यार्थीले फाराम भरेका थिए। बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले चार लाख ७५ हजारले मात्रै प्रवेशपत्र लिएको बताए। उनले प्रवेशपत्र लिएकामध्ये पनि आठ हजार जनाभन्दा बढी परीक्षामा अनुपस्थित रहेको जानकारी दिए। पौडेलका अनुसार परीक्षामा देशभरबाट चार लाख ६७ हजार जना मात्रै उपस्थित भएका छन्।