Home Blog Page 190
तुलसीपुर : दाङको तुलसीपुरस्थित एक सामुदायिक विद्यालयले शिक्षक र व्यवस्थापन समितिका सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको छ । वडा नं ६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, शिक्षक अभिभावक संघमा आबद्ध तथा शिक्षकले सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको हो।समितिको आइतबार बसेको निर्णयअनुसार सन्तानलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमै पढाउनुपर्नेछ। विद्यालयका प्रधानाध्यापक भागवत पौडेलका अनुसार सामुदायिक...
काठमाडौं : पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरूले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाएका छन्। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन्। उनले कम्युनिष्टहरुले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको बताए। उनले नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरु आफैँ मेटिने दाबी गरे। उनले नेपालीहरुको सभ्यता, संस्कृति र धर्ममाथि बारम्बार प्रहार भइरहेको बताए।उनले क्यापिटालिजम कम्युनिज्म दुनियाँमा...
काठमाडौं : भिसा सकिएर नेपालमा अवैध रुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ । विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानुनी रूपले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खोजतलास गर्दा १० जना बङ्गलादेशी नागरिक पक्राउ परेका थिए।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार प्रहरीको...
काठमाडौं : काठमाडौं उपत्यकामा सोमबार परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ। चान्द्रमानको तिथिअनुसार चैत्र कृष्ण औँसीमा यो पर्व मनाइन्छ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडितले विभिन्न उपायले त्यसलाई संहार गरे। तर उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो। संस्कृतिविद्का अनुसार यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका...
काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीको आन्तरिक छलफलमा जुटेका छन्। सभामुख देवराज घिमिरेले बोलाएको बैठकअघि देउवा आफ्नै निवासमा आन्तरिक छलफलमा जुटेका हुन्। बूढानीलकण्ठमा अहिले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीबीच छलफल जारी छ। संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ। सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि नै आरोप...
लिस्बन : पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ। अर्का युवक बेपत्ता भएका छन्। शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका-५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो। सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन्। दुवैजना शनिबार राति बेपत्ता भएको तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले राससलाई जानकारी...
काठमाडौं : नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन्। उनी यघि पनि एमाले स्याङ्जाको अध्यक्ष थिए। उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन भएका छन्। नवौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र एक सय सदस्य गरी एक सय पाँचजनाको जिल्ला कमिटी चयन गरेको हो। निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज...
काठमाडौं : सभामुख देवराज घिमिरेले बोलाएको बैठक सरको छ। सिंहदरबारमा बिहान साढे १० बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सरेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भरतपुरमा रहेको र आउन ढिलो हुने भएपछि बैठक सरेको हो। सभामुख घिमिरेले प्रमुख चार दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन्। छलफलका लागि प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष...
१. काँचो माछा र नपकाएका मासु: माछा कम्तीमा पनि १४५ डिग्रीको तापक्रममा पकाएको हुनुपर्छ। राम्ररी नपकाएका मासु र कुखुरा पनि खानुहुन्न।२. मर्क्युरी: यो शिशुको स्नायु प्रणाली विकासका लागि खतरनाक मानिन्छ। मर्क्युरी बढी पाइने माछाहरु स्वर्डफिस, सार्क, टाइलफिस सेवन गर्नुहुन्न। टुना, साल्मन, क्याटफिस, पोलोक माछामा भने कम मक्र्युरी हुन्छन्।३. क्याफिन : गर्भवतीले दैनिक २ सय मिलिग्रामभन्दा बढी क्याफिन खानुहुन्न।...
तनहुँ : तनहुँको व्यास नगरपालिका वडा नं ५ साँगेमा श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन्। ३५ बर्षीय जीतबहादुर कुमालले शनिवार दिउँसो दाउरा प्रहार गरी श्रीमती ३२ बर्षीया सुकमायाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । श्रीमतीलाई हत्या गर्ने कुमाललाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। घटनाको...