Sunday, September 20, 2026
Home अन्तर्राष्ट्रिय भारतको उत्तराखण्डस्थित बोलेरो दुर्घटना हुँदा नेपालीको मृत्यु

भारतको उत्तराखण्डस्थित बोलेरो दुर्घटना हुँदा नेपालीको मृत्यु

26

भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा बोलेरो दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश नेपाली मजदुर रहेको भारतीय संचारमाध्यमहरूले जनाएका छन्। मृतकहरूको नाम खुले पनि ठेगाना खुलिसकेको छैन। दुर्घघटना अन्य तीन जना गम्भीर घाइते भएका छन् जसमध्ये २ जना नेपाली रहेको जनाइएको छ।

नैनीताल जिल्लाको बेतालघाट विकासखण्डस्थित उँचाकोट क्षेत्रमा नेपाली चालकले चलाएको बोलेरो गाडी दुर्घटना भएको हो। मृत्यु हुनेहरूमा ५० वर्षीय विशराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ४५ वर्षीय धीरज चौधरी, ३८ वर्षीय विनोद चौधरी, ४५ वर्षीय तिलक चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ६० वर्षीय गोपाल बस्नेत र नैनीतालको ओडा बाँस्कोटका हरीशराम रहेको जनाइएको छ। शान्ति चौधरी, छोटु चौधरी र प्रेम बहादुर नाम गरेका श्रमिक घाइते भएका छन्। घाइते सबै नेपाली रहेको र मृतकमध्ये अधिकांश नेपाली रहेको बताइए पनि ठेगाना सार्वजनिक नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय प्रहरीले दुर्घटनाबारे अध्ययन भइरहेको सञ्चारमाध्यमहरूलाई जानकारी दिएको छ।