Sunday, September 27, 2026
Home अन्तर्राष्ट्रिय यस्तो देखियो खग्रास सूर्यग्रहण

यस्तो देखियो खग्रास सूर्यग्रहण

62

उत्तर अमेरिकाका मानिसहरूले आफ्नो जीवनकै दुर्लभ दृश्य देख्न पाएका छन्। चैत २६ गते (एप्रिल ८) सोमबारमा औँसीका दिन उनीहरूले खग्रास सूर्यग्रहण देख्ने अवसर पाएका हुन्। म्याक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म खग्रास सूर्यग्रहण लागेको थियो। कोलम्बिया, स्पेन, भेनेजुएला, आयरल्याण्ड, पोर्टल, आइसल्याण्ड, बेलायत र केही क्यारेबियाली देशहरूबाट खण्डग्रास (आंशिक) ग्रहण देखिएको थियो। अमेरिकी अन्तरिक्ष निकाय नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले सूर्यग्रहणसम्बन्धी प्रत्यक्ष प्रशारण गरेको थियो। सूर्य र पृथ्वीबीचमा चन्द्रमा परेर सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास सूर्यग्रहण लाग्ने गर्दछ।