काठमाडौँ : प्रहरीले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरुमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ, वानएक्स बेट, जुवा ३६५ तथा क्रिफ्टोमार्फत दुई अर्ब एक करोडभन्दा बढीको कारोबार गरेको फेला पारेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले त्यस घटनामा संलग्न एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डदेपुर नगरपालिका–८ घर भई हाल भक्तपुर सूर्यबिनायक नगरपालिका–२ बस्ने...
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्दै प्रदेशसभामा राखेको प्रस्तावमाथि मत विभाजन शुरु भएको छ।
मुख्यमन्त्री कार्कीलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीको ३, जसपाको १ जना सांसदले गरी ५७ जना सांसदले पक्षमा मत दिने बताइएको छ। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई भने...
काठमाडौं : डडेल्धुरामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। आइतबार अपराह्न गन्यापधुरा गाउँपालिका–२ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी दीपक पाठकले जानकारी दिए। मृतक दुवै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल डडेलधुरामा राखिएको पाठकको भनाइ छ।
काठमाडौं : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ। उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्य मन्त्री दीपक कार्कीले पदबाट राजीनामा दिएको केही घण्टामै राई नेतृत्वको जसपा सरकारमा जाने भएको हो । आफ्नो पार्टीबाट तीन जनालाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई नाम बुझाइएको पार्टीका सांसद एवं वन तथा वातावरण मन्त्री नवलकिशोर शाह सुडीले जानकारी...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो रहेको छ ।मौसम विश्लेषण (Meteorological Analysis):हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।हाल मौसमको अवस्था (Present Weather Status):सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा...
काठमाडौं । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ। कोशीमा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का ६, नेकपा ९एकीकृत समाजवादी०का ४ र जसपाका १...
काठमाडौं । आज नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ । कांग्रेसले आइतबार बिहान प्रधानमन्त्रीसँग भएको छलफल सकारात्मक रहेको बताएको छ । संसदीय कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ ।बैठकले जेठ १ गते संसदमा पेस गर्ने तयारी गरिएको सरकारको नीति...
भक्तपुर । नेकपा एमाले भक्तपुरलाई यतिबेला अधिवेशनको चटारो लागेको छ । जेठ ३ गते सुरु नवौं जिल्ला अधिवेशनकोलागि प्रतिनिधि चयन लगभग सकिएको एमालेले जानकारी दिएको छ ।
प्रतिनिधि व्यवस्थापन समितिका संयोजक शिवराम तिमिल्सिनाका अनुसार भूगोलबाट आउने प्रतिनिधि सबैतिर चयन भएका छन् । जसअनुसार सूर्यविनायक नगर कमिटीबाट १ सय ३१ जना, मध्यपुरथिमिबाट ५१, भक्तपुर नगरबाट १६, चाँगुनारायण नगर कमिटीबाट ७०...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो रहेको छ ।हाल मौसमको अवस्था
कोशी, मधेश, बागमती, गण्डकी र लूम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लूम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग हावाहुरी सहित हल्का देखि...
काठमाडौं । आज आइतबार वैशाख शुल्क पक्षको पञ्चमी तिथि। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने...










