आजको मौसमः केही स्थानमा भारी बर्षाको सम्भावना

16

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो रहेको छ ।

हाल मौसमको अवस्था
कोशी, मधेश, बागमती, गण्डकी र लूम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लूम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग हावाहुरी सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

२०८१ बैशाख ३० गते आइतवार

दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।