ओखलढुंगा- जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले खरबारीमा आगो लगाएको आरोपमा दुई जना पक्राउ गरेको छ । सोमबार साँझ सिद्धिचरण नगरपालिका ११ को नगरपार्क एरियाको निजी खरबारीमा आगो लगाई क्षति पुर्याएको आरोपमा स्थानीय २६ वर्षीय महेश विक र २३ वर्षीय सुजन विकलाई प्रहरीले पक्राउ गरेको हो ।खरबारी धनी मिनुमाया गुरुङले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान कार्य अगाडि बढाएको...
काठमाडौँ । नक्कली चिकित्सक, नक्कली प्रहरी बनेर ठगी गरेका समाचार बेलाबेला प्रकाशमा आइरहन्छन् । तर नक्कली पाइलट फेला परेको घटना विरलै पाइन्छन् । भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एक नक्कली पाइलट पक्राउ परेका छन् । ती व्यक्ति पाइलटको पोसाक लगाएर एयरपोर्टमा घुमिरहेको अवस्थामा फेला परेका थिए । सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स ९सीआईएसएफ०ले नियन्त्रणमा लिएर ती नक्कली...
काभ्रे । धुलिखेल नगरपालिका वडा नम्बर ३ छापडाँडाबाट बिवाहकै दिन बेहुली फरार भएकी छ्न् । २६ वार्षिया मन्दिरा थापा मगरको आज बैशाख १४ गते विवाह हुँदै थियो । विवाहका लागि धुलिखेल नगरपालिका वडा नम्बर ४ भ्याण्डोलबाट बेहुला लक्ष्मण राना मगर जन्ती लिएर जाने तयारीमा थिए । विवाह बनेपाको चण्डेश्वरी मन्दिरमा हुँदै थियो । विवाहका लागि भोज, गरगहना सबै तयारी...
भक्तपुर । आठौं भक्तपुर महोत्सवले क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग गरेको छ । भक्तपुर गएको चैत २२ गतेदेखि यहिँ बैशाख २ गतेसम्म महोत्सव संचालन गरेको आयोजक औद्योगीक शान्ति नेपाल संस्थाले क्यान्सर पीडित बालिका समिला लावतीलाई नगद रु. एक लाख सहयोग गरेको हो ।
संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार हाल भारतको नयाँ दिल्लीमा उपचार गराईरहेकी बालिकाको खातामा उक्त रकम पठाईएको...
काठमाडौं । मित्रराष्ट्र बंगलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगीतामा सहभागी खेलाडी तथा प्रशिक्षक टोलीको बिदाई भएको छ । ढाकामा हुन गईरहेको आमन्त्रित अन्तराष्ट्रिय भलिबल यू–१९ प्रतियोगीतामा सहभागी हुने खेलाडी तथा अफिसरको एक कार्यक्रमकाबीच मंगलबार भक्तपुरमा बिदाई गरिको हो ।उक्त समुहमा खेलाडी तर्फ शुरेस मल्ल, यज्ञराज जोशी, अबिशेक थापा, पुस्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा,...
काठमाडौं : मलेसियामा दुई सैनिक हेलिकप्टर एक आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ। ९०औं सैनिक दिवस मनाउन अभ्यासरत दुई सैन्य विमान ठोक्किँएको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन्। रोयल मलेसियन नेभी परेडका क्रममा एउटा हेलिकप्टर अर्को हेलिकप्टरको पङ्खामा ठोक्किएपछि दुवै हेलिकप्टर जमिनमा खसेका थिए। एउटा हेलिकप्टरमा सात जना र अर्कोमा तीन जना सवार थिए। हेलिकप्टरमा सवार दश जनाकै...
काठमाडौं : यतिबेला वैशाख १५ गते हुने उप निर्वाचनका लागि देश गर्माएको छ। त्यसमाथि इलाम-२ को उपनिर्वाचन थप चर्चा पाएको छ। इलाम-२ मा हुने उपनिर्वाचनमा पोखराका राज बस्याल स्वतन्त्र उम्मेदवारका रूपमा लड्ने भएका छन्। जुंगासहितको अनुहार चुनाव चिह्न लिएर उनी चुनाव लड्न लागेका हुन्। राजको उम्मेदवारीको लागि गुनराज देवान प्रस्तावक र रोजन गुरुङ समर्थक रहेका छन्। बस्याललाई...
काठमाडौं : १८औँ लोकतन्त्र दिवस मंगलबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। २०५९ जेठ ८ गते विघटन भएको संसद् आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले पुनःस्थापना गरे। त्यसैको सम्झनामा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो। २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन। निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने...
बागलुङ : बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो। सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो। त्यसभन्दा अगाडि जिल्लाको कुनै पनि वनमा आगलागी भएको थिएन। त्यसयता गलकोट नगरपालिकाका एक दर्जन वनमा आगो सल्कियो। एक सातापछि उक्त आगो नियन्त्रणमा आयो। त्यसलगत्तै ताराखोला, ढोरपाटन र निसीखोला गाउँपालिकाको दुई दर्जन बढी वनमा आगलागी...
काठमाडौं : भक्तपुरमा शनिबार मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-५ स्थित उदयपुर घर भइ हाल चाँगुनारायण नगरपालिका -७ खरिपाटी बस्ने ४० वर्षीय रामबहादुर राई रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार हिजो (शनिबार) १३:४० बजे भक्तपुर चाँगुनारायण नगरपालिका-७ भद्रकाली स्थित खरिपाटीबाट कमलबिनायक तर्फ आउँदै गरेको बा.प्र ०२-०२५ प. १४०१...










