जसपाबाट तीन जना मन्त्री बन्दै

10

काठमाडौं : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ। उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्य मन्त्री दीपक कार्कीले पदबाट राजीनामा दिएको केही घण्टामै राई नेतृत्वको जसपा सरकारमा जाने भएको हो । आफ्नो पार्टीबाट तीन जनालाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई नाम बुझाइएको पार्टीका सांसद एवं वन तथा वातावरण मन्त्री नवलकिशोर शाह सुडीले जानकारी दिए। उनका अनुसार पार्टीबाट प्रदीप यादव, रञ्जु झा र हसिना खानलाई मन्त्री बनाउने तयारी छ। स्रोतका अनुसार पार्टीका सचिवसमेत रहेका सांसद यादव स्वास्थ्य मन्त्री बन्नेछन्। अरूलाई कुन मन्त्रालय दिने भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै हातमा रहेको सुडीले बताए ।