आजको मौसम: मेघगर्जन सहित हल्का वर्षा

16

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो रहेको छ ।मौसम विश्लेषण (Meteorological Analysis):

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था (Present Weather Status):

सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै कोशी र बाग्मती प्रदेशका एक-दुइ स्थानहरुमा मेघगर्जन/चट्याङ्ग हावाहुरी सहित हल्का वर्षा भइरहेको छ।

२०८१ बैशाख ३१ गते (सोमवार)

दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा साथै तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।