Home Blog Page 182
काठमाडौं : सिरहाको अर्नमा गाउँपालिका–२ ब्रहमपुरीमा कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ। आज बिहान ८ बजे जग्गाको विवाद हुँदा सँधियारले उनीमाथि कोदालो प्रहार गरेर हत्या गरी फरार भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै सिरहा प्रहरी प्रमुख एसएसपी रमेश पण्डितले जानकारी दिए। मृत्यु हुनेमा ५३ वर्षीय बुधराम महतो छन्। मृतक महतो विष्णुपुर चोकमा ग्यास सिलिन्डर र बालिनालीको औषधि तथा...
काठमाडौं : सांसदहरुले आज अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा बैठक अगावै दलहरुका बीचमा सहमति जुट्ने दाबी गरेका छन्। बिहीवार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दलहरुका बीचमा सहमति जुट्न नसक्दा बस्न सकेन। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय छानविन समिति बनाउने माग निरन्तर राख्दै आएको छ। यता सत्तारुढ...
काठमाडौँ : ललितपुर मेयर्स कप क्रिकेट–२०८१ अन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बलको (एपिएफ) क्लब आयोजक ललितपुर मेयर्स–११ लाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा ललितपुरलाई ८ विकेटले पराजित गर्दै एफिएफ एक खेलअगावै प्रतियोगिताको फाइनलमा पुगेको हो। आजको खेलमा ललितपुरले दिएको ७२ रनको लक्ष्य एपिएफले ९ दशमलव ५ ओभरमा २ विकेट गुमाउँदै पूरा...
काठमाडौं : सन्दीप लामिछानेको मुद्दामा गौशाला २६ का कानून व्यवसायीहरुले बहस सकाएका छन्। उच्च अदालत पाटनमा हिजोदेखि जारी सुनुवाई सकेर आजै साँझसम्म फैसला गर्ने तयारी न्यायाधीशको छ। अहिले सन्दीपका कानून व्यवसायीले जवाफी बहस गरिरहेका छन्। न्यायधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले दुईजना कानून व्यवसायीलाई बहस सकाउन ५० मिनेटको समय दिएको छ। बहस सकिएपछि आजै अदालती सयमभित्रै...
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा अब नेपाली कांग्रेसलाई बोल्न नदिइने बताएका छन्। संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओली कांग्रेसप्रति आक्रामक देखिए। ‘कांग्रेस बोल्दा हामीले सुन्नुपर्ने, हामीले बोल्दा कांग्रेस कराउने? कहाँ हुन्छ त्यो? कांग्रेसलाई बोल्न दिइँदैन अब।’ ओलीले भने, ‘पहिले रवि लामिछानेले बोल्न पाउनुपर्छ। होइन भने हामी बोल्छौँ। कांग्रेसले बकवास गरिरहने...
काठमाडौँ : नेपाल धितोपत्र बोर्डले आजदेखि लागू हुनेगरी धितोपत्र व्यवसायीको सेवाशुल्क (कमिशन) घटाएको छ। अर्थ मन्त्रालयको स्वीकृतिपछि कमिशन घटाइएको बोर्डले जनाएको छ। “धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४३ बमोजिम अनुसूची १४ मा रहेको धितोपत्र दलालीवापत लिनसक्ने सेवा शुल्क हेरफेरका लागि स्वीकृति प्रदान भई आएकोमा उक्त हेरफेर २०८१ जेठ १ गतेदेखि लागू हुने निर्णय...
काठमाडौँ : सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ। मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। उनले ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्ने गरी सरकारले काम गर्ने बताए। उनले सरकारले घोषणा गर्दै आएको भू–उपयोगसम्बन्धी नीति बनाउने, तीनै तहका सरकारबीच सहकार्य बढाउँदै भूमिबाट अधिकतम...
काठमाडौं : बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा आएको छ। मंगलवार काठमाडौं महानगरपालिका वडा नं. १० का अध्यक्ष रामकुमार के. सीले फल्चा बस बिसौनीको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रमपछि बोल्दै अध्यक्ष केसीले बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र भएको उल्लेख गर्दै आन्दोलनका क्रममा सम्पदाहरू बिगार्न नहुने बताए । उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्ने दायित्व सबैको भएको बताए।...
काठमाडौँ : आगामी आर्थिक वर्षमा पूर्वतयारी पूरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनोट गरिने भएको छ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पूर्वतयारी पूरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनोट गरिने उल्लेख गरिएको हो। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विकास आयोजना छनौट गर्दा सामाजिक, आर्थिक लाभ, प्रादेशिक सन्तुलन, उत्पादन र...
काठमाडौँ : इतिहासकार ज्ञानमणि नेपालको ९२ वर्षको उमेरमा निधन भएको छ। मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियोभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आज मध्याह्न निधन भएको हो।इतिहासकार नेपालका भाइ एकमणि नेपालका अनुसार पशुपतिस्थित आर्यघाटमा उनको अन्तिम संस्कार गरिनेछ। इतिहासकार नेपालका दुईजना छोरा छन्।नेपाललाई एक सिद्धहस्त, नेपालको सांस्कृतिक इतिहासका ज्ञाता र खोजकर्ताका रूपमा चिनिन्छ।...