कोशी प्रदेश : विश्वासको मतबारे मत विभाजन शुरु

13

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्दै प्रदेशसभामा राखेको प्रस्तावमाथि मत विभाजन शुरु भएको छ।
मुख्यमन्त्री कार्कीलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीको ३, जसपाको १ जना सांसदले गरी ५७ जना सांसदले पक्षमा मत दिने बताइएको छ। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई भने बैठकमा अनुपस्थित छन्। राप्रपाले भने विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने जनाएको छ। नेपाली काँग्रेसको पनि उपस्थिति रहेको छैन। गत वैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार मुख्यममन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका हुन्। उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रक्रियाका विरुद्धमा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने सर्वोच्च अदालतम मुद्दा दर्ता गराएका छन्। उक्त मुद्दाको अन्तिम सुनुवाईको मिति जेठ ९ गतेलाई तोकिएको छ।