Thursday, July 2, 2026
Home Blog Page 1742
फागुन २१, चितवन, जिल्लाको पहाडी क्षेत्रमा रहेका बासिन्दालाई भारतीय तस्करले गाँजाखेती गर्न लगाउने गरेको पाइएको छ । राप्ती नगरपालिका वडा नं ११, १२ र १३ को साविक लोथर र कोराक गाउँ विकास समितिमा भारतीय तस्करले स्थानीयवासीलाई गाँजाखेती गर्न लगाउने गरेको पाइएको हो ।राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार भारतीय तस्करले गाँजा रोप्न, काटेर सुकाउन र बोकेर उनीहरुसम्म पु¥याउन...
फागुन २१, पशुपतिनगर -लघु जलविद्युत् आयोजना बिग्रिएपछि पश्चिमी इलामका बासिन्दाले केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग गरेका छन् । लघु जलविद्युत् आयोजना पटक–पटक बिग्रने तथा प्राविधिक टोली काठमाडौँ र बुटवलबाट बोलाउनुपर्ने भएकाले उनीहरुले केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग गरेका हुन् ।साना खोलामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा निर्माण गरिएका लघु जलविद्युत् आयोजना बिग्रने क्रम बढेपछि उपभोक्ता मारमा परेका छन्...
फागुन २१, काठमाडौँ, काठमाडौँ महानगरपालिका–१५ छाउनीस्थित सडकमा बा ८७ प ३५३ नं को स्कुटर आज अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।आज बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरमा सवार काठमाडौँका २२ वर्षीय सुजन श्रेष्ठको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको प्रहरी...
फागुन २१ काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट तीन पटक प्रत्यक्ष निर्वाचित सांसद भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उहाँ २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा मोरङ जिल्लाबाट निर्वाचित हुनुभएको थियो । यसैगरी २०६३ को पुनःस्थापित प्रतिनिधिसभामा पनि अधिकारी सांसद हुनुहुन्थ्यो । उहाँको निधनमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको शोकप्रस्ताव...
फागुन २१, काठमाडौँ -नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौंता भएको छ । मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा राजस्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजस्व सचिव मसर्फ हुसैनले दुई मुलुकबीच दोहोरो कर उन्मुक्तिसम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् । दुवै देशको मन्त्रीपरिषद बैठकले पारित गरेपछि दोहोरो कर उन्मुक्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर गरिएको हो । कार्यक्रममा नेपालका लागि बंगलादेशकी...
फागुन २१ बेइजिङ -संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार वार्ता निकै जटिल र कठिन मोडमा पुगेको चीनका एक उच्च अधिकारीले जनाएका छन् । चीनको वाणिज्य मन्त्रालयले दुई देशबीचको व्यापारका विषयमा अझै धेरै काम गर्न बाँकी रहेको स्पष्ट गरेको छ । मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गरी व्यापार वार्तामा केही विवादित विषयमा भने सहमति भइसकेको बताएको छ ।दुई देशबीच जारी व्यापार...
फागुन २१ काठमाडौँ -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान एरियाबाट वैंककतर्फ अवैध रुपमा लुकाई छिपाई लैजान लागेको ६९ हजार ५ सय ५० अमेरिकी डलर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-४ बस्ने सरला खड्‍का र काठमाडौं महानगरपालिका-१६ बस्ने रिंकु गुरुङ रहेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा वैंकक जान लागेका उनीहरुलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा...
फाल्गुन २१, काठमाडौँ — मानसिक समस्या भएका बिरामीहरुको उपचार तथा पुनर्स्थापनामा लाग्ने खर्च सरकारले व्यहोर्ने भएको छ । त्यस्ता बिरामीको उपचार तथा पुनर्स्थापना गर्ने अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई प्रति बिरामी मासिक १८ हजारसम्म उपलब्ध गराउनेगरी कार्यविधि ल्याएको छ । स्वास्थ्य मन्त्रालयले अघिल्लो हप्ता ल्याएको 'मानसिक रोगीहरुका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालनको लागि कार्यविधि, २०७५' ले मानसिक समस्या भएर उपचार...
फागुन २१, काठमाडौँ -संसदीय सुनुवाइ समितिले चार आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेसी आयोग, मधेशी आयोग र थारु आयोगका अध्यक्षका लागि प्रस्तावित नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । संबैधानिक परिषद्ले पूर्वसचिव बालानन्द पौडेललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, पूर्वसचिव शान्तराज सुवेदीलाई राष्ट्रिय समावेशी आयोग,...
फागुन २१, काठमाडौँ -प्रदेश नं ५ मा हुने तय भएको बृहत आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक मिति घोषणा हुनसकेको छैन । अधिकांश प्रदेशमा खेलाडी छनोट भने अन्तिम चरणमा पुगिसकेको छ । राष्ट्रिय खेलकूद परिषद् ९राखेप० कार्यकारी समितिको बैठक पटक÷पटक बसे पनि आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति घोषणा गर्न सकेको छैन । अघिल्लो महीना बसेको कार्यकारी बैठकले जिल्ला छनोट पूरा...