Wednesday, September 23, 2026
Home राजनीति सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीले जरिवाना गरायो ५०० रुपैयाँ

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीले जरिवाना गरायो ५०० रुपैयाँ

4

काठमाडौँ : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन् मुख्यमन्त्री शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले कारबाही स्वरूप पाँच सय रुपैयाँ जरिवाना तिराएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम आचार्यसहितका प्रहरी टोली शाहको निवासमै पुगेर जरिबाना तिराएको हो । मुख्यमन्त्री शाहले हेलमेट नलाई सवारी चलाएको पाइएपछि जरिवाना गराएको ट्राफिक प्रहरीको चिटमा जनाइएको छ।