Wednesday, September 23, 2026
Home समाज ठमेलबाट ५ विदेशी महिला पक्राउ

ठमेलबाट ५ विदेशी महिला पक्राउ

4

काठमाडौं : नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा चार युगान्डा र एक इण्डोनेसियाका रहेका छन्। ठमेलस्थित सडकमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई अनावश्यक रूपमा बाटो छेकेर अश्लील क्रियाकलापका लागि मोलमोलाई गरी हैरानी दिइरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए। कार्यक्षेत्रमा खटिएका प्रहरी टोलीले पक्राउ परेका उनीहरुलाई सम्झाइबुझाइ गर्ने क्रममा प्रहरीमाथि नै अभद्र व्यवहार गरेका थिए। पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ।