Tuesday, September 22, 2026
Home अपराध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६९ हजार डलर सहित दुई महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६९ हजार डलर सहित दुई महिला पक्राउ

97

फागुन २१
काठमाडौँ -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान एरियाबाट वैंककतर्फ अवैध रुपमा लुकाई छिपाई लैजान लागेको ६९ हजार ५ सय ५० अमेरिकी डलर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-४ बस्ने सरला खड्‍का र काठमाडौं महानगरपालिका-१६ बस्ने रिंकु गुरुङ रहेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा वैंकक जान लागेका उनीहरुलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर सहित प्रहरीले फेला पारी पक्राउ गरेको हो । उनीहरुमध्ये सरला खड्‍काको साथबाट ३५ हजार ६ सय ५० र रिंकु गुरुङको साथबाट ३३ हजार ९ सय अमेरिकी डलर बरामद भएको हो । पक्राउ दुवै जनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहरभवन ललितपुर लगिएको छ ।