प्रतिनिधिसभा :अधिकारीको निधनमा शोक प्रस्ताव पारित

206

फागुन २१
काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट तीन पटक प्रत्यक्ष निर्वाचित सांसद भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उहाँ २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा मोरङ जिल्लाबाट निर्वाचित हुनुभएको थियो । यसैगरी २०६३ को पुनःस्थापित प्रतिनिधिसभामा पनि अधिकारी सांसद हुनुहुन्थ्यो । उहाँको निधनमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको शोकप्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

अधिकारी २०७० सालको संविधानसभामा एमालेकै तर्फबाट समानुपातिक सदस्य हुनुहुन्थ्यो । उहाँले उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । प्रजातन्त्र पुनःस्थापनापछि विसं २०४६ मा गठन भएको संविधान सुझाव आयोगको सदस्य रहनुभएका अधिकारी लोकतान्त्रिक आन्दोलनका अथक योद्धा हुनुभएको पारित शोक प्रस्तावमा उल्लेख छ ।

उपचारका क्रममा उहाँको यही फागुन १८ गते राजधानीमा निधन भएको थियो । त्रियासी वर्षीय अधिकारीले राज्यका लागि पु¥याउनुभएको उच्च सम्मान गर्दै प्रतिनिधिसभाको बैठकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । सभाको अर्को बैठक यही फागुन २२ गते अपराह्न १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।-रासस