फागुन २१
पोखरा – प्याराग्लाइडिङ दुर्घटनामा एक पाइलटको मृत्यु भएको छ। सराङकोटबाट उडान लिने क्रममा बजारिएर रसियन सोलो पाइलटको उपचारको क्रममा मृत्यु भएको प्रहरी इनिस्पेक्टर गणेश सुवेदीले बताए। सोमबार मात्र माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका दुई ग्लाइडर दुर्घटनामा परेका थिए। तीन दिन अघि रोमानीयका सोलो पाइलटको फेवातालमा खसेर मृत्यु भएको थियो।
फागुन २१
बलेवा -अधिकांश सवारी चालकमा उच्च रक्तचापको समस्या देखिएको छ । सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडकमै गरिएको स्वास्थ्य परीक्षणमा उनीहरुमा उच्च रक्तचापको समस्या देखिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयले लामो दूरीका सवारीसाधनका चालकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको थियो । स्वास्थ्य परीक्षण गर्दा अधिकांश चालकमा उच्च रक्तचापको समस्या देखिएको जिल्ला प्रहरी...
फागुन २१,
काठमाडौँ -नेपाली कांग्रेसमा पार्टी विधानमा उल्लेखित स्वतः प्रतिनिधिसम्बन्धी प्रावधान हटाउनु पर्ने र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहो¥याएर अवसर नदिने सम्बन्धी व्यवस्था थप गर्ने विषयसम्बन्धी विवादले चर्को विवाद बढ्दै आएको छ । महासमितिबाट पारित भइसकेको विषयलाई केन्द्रीय समिति बैठकले अस्वीकार गरेपछि विवाद बढेको हो । यी दुई विषयलाई लिएर महासमिति सदस्यहरुले पार्टी केन्द्रीय कार्यालयको सचिवालयमा औपचारिक...
एजेन्सी,
फागुन २१-अमेरिकाले भारत र टर्कीलाई विभिन्न सामानमा दिँदै आएको कर छुटको व्यवस्था खारेज गर्ने भएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले भारतलाई प्रदान गरिएको भन्सार छुटको व्यवस्थाअनुसार भारतले अमेरिकामा अपेक्षित व्यापार गर्न नसकेको र आवश्यकता पुरा गर्न नसकेको भन्दै कर छुट सुबिधा खारेज गर्ने तयारी गरका हुन्। अमेरिकासँग अपेक्षित व्यापार गर्न नसकेको भन्दै टर्कीलाई प्रदान गएिको सुविधा अमेरिकाले खारेज गर्न...
फागुन २१'
काठमाडौँ-
- कुरिलोको नियमित सेवन महिलाका लागि फाइदाजनक हुन्छ । यसले शरीरमा ऊर्जा उत्पन्न गर्छ । उनीहरूमा शारीरिक दुर्बलता हटाउन,महिनावारी
गडबडी ठीक पार्नलगायत कामका लागि समेत कुरिलो उपयोगी हुन्छ ।
- कुरिलोको नियमित सेवन गरेमा क्यान्सर हुने सम्भावना कम हुन्छ । साथै, क्यान्सर रोगीका लागि पनि यो फाइदाजनक छ ।
- कुरिलोलाई तरकारी वा सुप बनाएर नियमित सेवन...
फागुन २१,
काठमाडौँ -संयुक्त अरब इमिरेट्स (युएई)मा हुने ‘स्पेशल ओलम्पिक वल्र्ड समर गेम्स’मा सहभागी हुने नेपाली टोलीको आज बिहान यहाँ आयोजित कार्यक्रममा बिदाइ गरिएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले टोलीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गरी देशको गौरव अभिवृद्धि गर्न सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।युएईमा हुने प्रतियोगितामा नेपालले...
फागुन २१
काठमाडौ -नेपाल र भारत सरकारबीच रासायनिक मल ल्याउने सम्झौता नभए आगामी बर्खे सिजनमा मल अभाव हुने भएको छ । नेपाल र भारत सरकारबीच (जीटुजी) मल ल्याउने छलफल भए पनि नेपाललाई ५० हजार मेट्रिक टन दिनेबारे भारतसँग सम्झौता हुन सकेको छैन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाका वरिष्ठ अधिकृत नेत्र भण्डारीका अनुसार...
फागुन २१,
नवलपरासी -नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेको छ । नवलपरासीको गण्डक क्षेत्रसँगै नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको हो...
फागुन २१, कञ्चनपुर । कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् । ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले प्रारम्भिक अनुसन्धानको कार्य भइरहेको बताउनुभयो । “आत्महत्या...
फागुन २१,
पाल्पा । रम्भा गाउँपालिका–१ हुँगीमा बाँदर आतङ्कले कृषक हैरानीमा परेका छन् । ठूलो समूहमा जङ्गलबाट आएको बाँदरले खेतबारीमा लगाएका तरकारी, अन्नबाली खाएर नष्ट पार्न थालेको छ । आलु खन्न नपाउँदै खेतबाटै खोतलेर खाएर सखापै पारेको कृषक केदारप्रसाद बस्यालले बताउनुभयो । उहाँले यस वर्ष उन्नत जातको ९प्रिभेसी खुमल उज्ज्वल० एक हजार दाना आलु लगाउनुभएको थियो । “नयाँ प्रजातिको...




