Home Blog Page 1739
फागुन २२, काठमाडौँ– राष्ट्रिय योजना आयोगले तयार गरेको दीर्घकालीन सोचसहितको १५औँ योजनाको मस्यौदा–आधारपत्रले विसं २०९९ सम्ममा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्याउने लक्ष्य लिएको छ ।सरकारको ¬‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन आयोगले आगामी २५ वर्षे दीर्घकालीन सोचसहितको पञ्चवर्षीय योजना तयार गरेको हो । आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म कार्यान्वयन हुने उक्त योजनाको मस्यौदा आज आयोगले सरोकारवाला...
फाल्गुन २२, काठमाडौँ — मुलुकको पहिलो पूर्वाधार विकास बैंक बुधबारदेखि सञ्चालनमा आएको छ । खासगरी ठूला पूर्वाधार निर्माणमा लगानी गर्ने उद्देश्यले विशिष्कृत बैंकका रुपमा यो बैंक सञ्चालनमा आएको हो । बुधबार अर्थमन्त्री युवराज खतिवडाले बैंकको शुभारम्भ गरेका हुन् । आर्थिक समृद्धिकालागि मुलुकमा ठूलो लगानी आवश्यक भएको समयमा पूर्वाधार विकास बैंक सञ्चालनमा आएकाले यो बैंकले पूर्वाधार निर्माणमा परिपुरकको भूमिका निर्वाह गर्नु...
फागुन २२ काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओली नियमित चेक जाँचका लागि, बुधबार बिहानदेखि प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन्। नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानु पर्ने भए पनि समय नमिलेकाले प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गर्न लागिएको प्रधानमन्त्रीको निजी चिकित्सक डाक्टर दिब्या सिंहले जानकारी दिइन्।‘यो वर्ष उहाँको नियमित चेकअप गर्नै पर्ने थियो तर व्ययस्ताले...
फागुन २२ काठमाडौँ -अमेरिकाकी काइली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन्। फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन्।उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो। यस गतिमा उनले फेसबुकका संस्थापक मार्क जुकर्बर्गलाई पनि उछिनिन्।...
फागुन २२, कञ्चनपुर -भीमदत्त नगरपालिका– १३ वडैपुरका गोरे लुहारको बञ्चरो प्रहार गरी हत्या गरिएको छ । जग्गा विवादमा भतिजा शिव लुहारले गोरेलाई सोमबार साँझ बञ्चरो प्रहार गरेका थिए ।बञ्चरो प्रहारपछि सक्त घाइते भएका गोरेलाई उपचारका लागि भारतको बरेली लगिएकामा उपचारकै क्रममा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो । हत्यामा संलग्न शिवलाई घटनामा प्रयोग...
फागुन २२, काठमाडौँ -नेपाल आयल निगमसँग सहमति भएसँगै ग्यास उद्योगीले आजदेखि एलपी ग्यासको ‘प्रोडक्ट डेलिभरी अर्डर’ (पिडिओ) खरीद गर्ने भएका छन् । निमगसँगको सहमतिपछि आजैदेखि ग्यास उद्योगीले निगमबाट पिडिओ खरीद गर्ने नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ । कमिसन वृद्धिलगायतको माग राखेर आन्दोलन गर्दै आएका उद्योगीले यही फागुन १७ गतेदेखि पिडिओ खरीद गरेका थिएनन् ।निगम र उद्योगीबीच मङ्गलबार...
फागुन २२, कञ्चनपुर — कांग्रेस उपसभापति विजय गच्छदारले सरकार राजनीतिक उपलब्धि गुम्ने बाटोमा अग्रसर भएको बताएका छन् । उनले सरकार संविधानका मूल्य र मान्यताविपरीत चलिरहेको र यसले राजनीतिक उपलब्धिलाई नै खतरा पार्ने उनको बुझाईछ । बुधबार प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा उनले अहिलेकै हिसाबले सरकारले लिएको सुखी नेपाली र समृद्ध नेपालको नारा सार्थक नहुने बताए । 'अहिलेको सरकारले...
फागुन २२, पोखरा -पोखरामा प्याराग्लाइडिङ उडान सञ्चालन गर्दै आएका कम्पनीले पोखरा महानगरपालिकालाई कर तिर्ने सहमति गरेपछि आजदेखि बन्द गर्ने भनिएको उडान पूर्ववत्रुपमा नै सञ्चालन रहने भएको छ । उडान कम्पनीले २०७२ सालदेखि हालसम्मको कर नतिरेको भन्दै महानगरपालिकाले तीे उडान आजदेखि बन्द गर्ने चेतावनी दिएपछि मङ्गलबार साँझ महानगरपालिका र हवाई खेलकूद संस्था, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ सङ्घ ९नेफा०बीच भएको...
फागुन २२ काठमाडौँ -नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सफाइ कर्मचारीले तलब नपाएपछि आन्दोलन गर्न थालेका छन्। उनीहरूले बुधबार बिहान २ घन्टा विमानस्थलभित्रको सरसफाइ रोकेका छन्। त्यसपछि उनीहरू काममा फर्किएका छन्।नागरिक उड्ययन प्राधिकरणका अधिकारीसँगको बैठकपछि उनिहरु काममा फर्केका हुन् । मजदुर एसोसिएनका अध्यक्ष पराजुलीले प्रशासनले फागुन २४ गतेभित्र कर्मचारीको तलब दिने सहमतिपछि काममा फर्किएकाले सहमति कार्यान्वयन नभए फेरि काम...
फागुन २२ धनगढी -गृहमन्त्री रामबहादुर थापा बादलले भने, ‘केही समूहले गरिरहेको बम विस्फोटजस्ता गतिविधिप्रति सरकार गम्भीर छ । प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि धनगढी आइपुगेका गृहमन्त्री थापाले केही समयता भइरहेका ध्वंसात्मक गतिविधिप्रति सरकार गम्भीर रहेको बताएका छन्। बिप्लब नेतृत्वको माओवादीप्रति सरकार कडा रुपमा प्रस्तुत हुने जनाएका छन्। यस्ता गतिविधिलाई सरकारले छिटोभन्दा छिटो नियन्त्रणमा लिन्छ ।’ कञ्चनपुरकी किशोरी निर्मला पन्त हत्याघटनाको अनुसन्धान...