फागुन २२
काठमाडौँ, महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित छुट्टाछुट्टै बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गरेका थिए ।गुठी संस्थानले श्रीमहन्त, थानापति, श्रीदीगम्बर, लालमोहर, नागा र महापुरुष गरी छ वर्गका नागाबाबालाई रु...
फाल्गुन २२
काठमाडौँ -साताको चौथौँ दिन नेप्से ९ दशमलव १२ अङ्कले बढेर ११११ दशमलव ७६ अङ्कमा बन्द भएको छ । २२ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्सियल ९एनसीसी० बैंकको १ करोड ४६ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै हाथवे फाइनान्सको सेयरमा...
फागुन २२
काठमाडौँ -यस वर्षको प्रि–मनसुन शुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महीना प्रि–मनसुन चल्ने भएकाले देशको पहाडी भूभागको मौसम लगातार प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्ष हुने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार स्थानीय वायुको प्रभाव पार्न थालेकाले प्रि–मनसुन...
फागुन २२
काठमाडौँ -भूकम्पले भत्किएका सात जिल्लाका ७० विद्यालय एवं दुई पुस्तकालय पुनःनिर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र भारतीय राजदूतावासबीच सम्झौता भएको छ ।दूतावासका नियोग प्रमुख डा अजयकुमार तथा केन्द्रीय भवन अनुसन्धान संस्था (सिबिआरआई) रोर्की भारतकी समूह अगुवा डा पूर्णिमा परिदाले आज यहाँ आयोजित कार्यक्रममा प्राविधिक सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।यसैगरी प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ...
फागुन २२,
काठमाडौँ -प्रतिनिधिसभाको आजको बैठकमा भाग लिने अधिकांश सांसदले आन्दोलनरत शिक्षकमाथि भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै समस्या समाधानका लागि वार्ता गर्न सरकारलाई सुझाव दिनुभएको छ ।बैठकमा पहिलो वक्ताका रूपमा नेकपाका खगराज अधिकारीले अस्थायी शिक्षकका रूपमा लामो समयसम्म शिक्षा विकासको लागि योगदान पु¥याएका शिक्षकलाई अलपत्र पार्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “अस्थायी र राहत शिक्षकको मागलाई सम्बोधन गरिनुपर्छ ।”...
फागुन २२
काठमाडौँ -नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव एवं प्रदेश नामकरणमा सर्वसाधारणको असन्तुष्टि रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा आफ्नो केही समयअघिको अमेरिका, युरोप र नेपालको मध्यपहाडी क्षेत्रको भ्रमणबारेमा सदनलाई जानकारी दिँदै उहाँले मध्यपहाडी लोकमार्गको निर्माणलाई तीव्रता दिन सुझाव दिनुभयो ।उहाँले भन्नुभयो, “मुलुकमा विभिन्न स्थानमा खानेपानी र सिँचाइको...
फागुन २२
वासिङ्टन -संयुक्तराज्य अमेरिकाको दक्षिणपश्चिम सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीको संख्या उल्लेखनीय रुपमा वृद्धि भएको छ । सीमा अधिकारीहरुका अनुसार गत महिना अमेरिका–मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरु ७६ हजारभन्दा बढी देखिएको छ ।गत वर्षको यही महिनाको तुलनामा यो दोब्बर बढी हो । केही महिनादेखि १०० भन्दा बढी मानिसका ७० वटाभन्दा बढी समूह अमेरिका प्रवेश गरेको छ...
फागुन २२
काठमाडौँ -सरकारी तथा निजी क्षेत्रका अस्पतालले वार्षिक कति प्रिन्ट रगत खपत गर्छन भन्नेलगायतका यकिन तथ्याङ्क कुनै निकायसित छैन ।अस्पतालले वार्षिकरुपमा खपत गर्ने रगतको तथ्याङ्क राखी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा अनिवार्य जानकारी (रिपोर्टिङ) गर्नुपर्ने प्रावधान रहे पनि हालसम्म कुनै अस्पतालले सोसम्बन्धी रिपोर्टिङ गर्दैनन् । तीमध्ये रगतका कति प्रकारका तत्व प्रयोगमा आउँछन् र रगतको...
फागुन २२
धनगढी -कैलालीको टीकपुरमा ७ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत कैलालीले हाल सांसदको पनि सपथ खाइसकेका चौधरीसहित ११ जनालाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश परशुराम भट्टराईको इजलासले बुधबार मुद्दाको फैसला गर्दै टीकापुरमा २०७२ भदौ ७ गते...
फागुन २२
सल्यान सल्यानमा बस दुर्घटना हुँदा २९ यात्रु घाइते भएका छन्।काठमाडौंबाट रुकुमतर्फ जाँदै गरेको बा ४ ख ५३६३ नम्बरको बस बुधबार बिहान ९ बजेतिर सल्यानको शारदा नगरपालिका वडा नं. १ चैवाङजिउलामा दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय सल्यानले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाएको छ। उनीहरूलाई सल्यानमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङ हुँदै बाँकेको कोहलपुर मेडिकल कलेजमा...






