Sunday, September 27, 2026
Home राजनीति बम विस्फोटजस्ता गतिविधिप्रति सरकार गम्भीर छ: गृहमन्त्री

बम विस्फोटजस्ता गतिविधिप्रति सरकार गम्भीर छ: गृहमन्त्री

90

फागुन २२
धनगढी -गृहमन्त्री रामबहादुर थापा बादलले भने, ‘केही समूहले गरिरहेको बम विस्फोटजस्ता गतिविधिप्रति सरकार गम्भीर छ । प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि धनगढी आइपुगेका गृहमन्त्री थापाले केही समयता भइरहेका ध्वंसात्मक गतिविधिप्रति सरकार गम्भीर रहेको बताएका छन्। बिप्लब नेतृत्वको माओवादीप्रति सरकार कडा रुपमा प्रस्तुत हुने जनाएका छन्। यस्ता गतिविधिलाई सरकारले छिटोभन्दा छिटो नियन्त्रणमा लिन्छ ।’ कञ्चनपुरकी किशोरी निर्मला पन्त हत्याघटनाको अनुसन्धान जारी रहेको र पन्तका हत्यारालाई कानुनको कठघरामा उभ्याएरै छोड्ने प्रतिबद्धता गृहमन्त्रीले जनाएका छन्। घटनाको सुरुमा सरकारका केही निकायको लापरबाहीका कारण अनुसन्धानमा जटिलता पैदा भएको बताएका छन् ।

त्यस्तै उनले भने कानुनी रुपमा सिण्डिकेट अन्त्य भइसकेको पनि जनकारि दिएका छन्। ‘कानूनी रुपमा सिण्डीकेट छैन । संसदमा यससम्बन्धी केही कानुन बन्ने क्रममा छन्, त्यसपछि सिण्डिकेट पूर्ण रुपमा अन्त्य हुन्छ ।’ गृहमन्त्री थापाले भने । सरकारले एक वर्षको अवधिमा संघीयता कार्यान्वयनको आधारभूत संरचना निर्माण गरेको र ‘संघीयता कार्यान्वयनका आधारभूत संरचना खडा गर्ने काम भएको गृहमन्त्रीले बताए। संविधानले तोकेका केही कानूनहरु संसदको यही अधिवेशनले बनाएपछि संघीयता कार्यान्वयनले पूर्णता पाउँछ ।’