Sunday, September 27, 2026
Home समाचार प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

95

फागुन २२
काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओली नियमित चेक जाँचका लागि, बुधबार बिहानदेखि प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन्। नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानु पर्ने भए पनि समय नमिलेकाले प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गर्न लागिएको प्रधानमन्त्रीको निजी चिकित्सक डाक्टर दिब्या सिंहले जानकारी दिइन्।‘यो वर्ष उहाँको नियमित चेकअप गर्नै पर्ने थियो तर व्ययस्ताले बाहिर जान सम्भव भएन। त्यसैले त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गर्न लागिएको हो,’ उनले भनिन्,‘ रगतको नमूना लिने र एक्सरे गर्ने काम भइरहेको छ। उहाँको फुल बडी चेकअप गरेरमात्र अस्पतालबाट पठाउँछौं।’डाक्टर सिंहका अनुसार प्रधानमन्त्री ओलीलाई कम्तीमा २४ घन्टा अस्पताल राखिनेछ।