त्रिभुवन विमानस्थलका कर्मचारी तलब नपाएपछि आन्दोलनमा

70

फागुन २२
काठमाडौँ -नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सफाइ कर्मचारीले तलब नपाएपछि आन्दोलन गर्न थालेका छन्। उनीहरूले बुधबार बिहान २ घन्टा विमानस्थलभित्रको सरसफाइ रोकेका छन्। त्यसपछि उनीहरू काममा फर्किएका छन्।नागरिक उड्ययन प्राधिकरणका अधिकारीसँगको बैठकपछि उनिहरु काममा फर्केका हुन् । मजदुर एसोसिएनका अध्यक्ष पराजुलीले प्रशासनले फागुन २४ गतेभित्र कर्मचारीको तलब दिने सहमतिपछि काममा फर्किएकाले सहमति कार्यान्वयन नभए फेरि काम रोकिने बताए।

त्रिभुवन विमानस्थलको सरसरफाइको जिम्मा निजी कम्पनीलाई दिइएको छ। जसले २१ घन्टा विमानस्थलको सफाइ गर्न विभिन्न सिफ्टमा कर्मचारी पठाउँछ। टेन्डरमार्फत् गत वर्ष इन्नोभेटिभ एचआर सोलुसनले सरसफाइ गर्ने जिम्मा पाएको थियो। ।ऊसँगको सम्झौता गत महिना सकिएको छ। नागरिक उड्ययन प्राधिकरणले सम्झौता नवीकरण गरेको छैन।

ट्राभल, ट्रेकिङ, र्‍याफ्टिङ मजदुर एसोसिएसनका अध्यक्ष सुमन पराजुलीले कर्मचारीले माघ महिनाको तलब नपाएकाले काम रोकिएको बताए।
प्राधिकरणको बोर्ड अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हुने भएकाले बोर्ड बैठक बस्न सकेको छैन । त्यसैले नयाँ तलब निकासा गर्न समस्या भएको विमानस्थल प्रशासनले बताएको छ ।

पर्यटन मन्त्री रवीन्द्र अधिकारीको फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो।