जेठ २२,
काभ्रे । जग्गा दलाली गर्ने एक समूहले पिच भएको मूल सडक नै बिक्री गरिदिएको छ । साविक धुलिखेल नगरपालिका-३ (क) को कित्ता नम्बर ६५२ को ३ आना जग्गा धुलिखेल २८ किलोस्थित काठमाडौं विश्वविद्यालय जाने सडक तलको जग्गा देखाएर २२ लाखमा बेचिएको हो । मालपोतको रेकर्डमा रैकर निजी कायम रहेको उक्त जग्गा नापी कार्यालयले मोटर बाटो भएको प्रमाणित गरेको छ ।...
जेठ २२,
भक्तपुर । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले घरभित्रको फोहोर मात्र नभएर टोल र वस्तीको चिन्तनमा रहेका विकृतिको समेत सफा गर्नु पर्ने बताएकी छिन् ।
४६ औं विश्व वातावरण दिवसको असरमा भक्तपुरको सूर्यविनायकमा आयोजित उद्यान उद्घाटन तथा वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन् ‘जबसम्म हामीले विकृत मानसिकता सफा गर्न सक्दैनौ तवसम्म हामी सुखी नेपाली र संम्वृद्ध नेपाल...
जेठ २२,
भक्तपुर । ४६ औं विश्व वातावरण दिवसको असरमा भक्तपुर सबै मिलेर हरियाली क्षेत्र बढाउन वृक्षारोपण गरेका छन् ।
बुधबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ६ र ८ को संयुक्त क्षेत्रमा रहेको सूर्यविनायक मन्दिरको क्षेत्रमा वृक्षारोण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा साना विद्यार्थी, स्थानीय बासिन्दा, मन्त्री, सांसद, जनप्रतिनिधी, नोपल सरकारका कर्मचारी, गैरसरकार संस्थालगायतका प्रतिनिधीहरु वृक्षारोपण कार्यक्रममा सहभागी भएका थिए ।
फोहोरको...
जेठ २२,
सिन्धुपाल्चोक। कालिका महिला संजालको आयोजनामा महिलाहरुको सिप विकास र आत्मनिर्भरताका लागि ३ दिने साबुन बनाउने तालिम सुनकोशी गाउँपालिकामा सम्पन्न भएको छ । जेठ १६ गते देखि सञ्चालित तालिम गत १८ गते कालिका महिला संजालको अध्यक्ष इन्द्रमाया खत्रीको अध्यक्षता र सुनकोशी गाउँपालिका-३ का वडा अध्यक्ष रामहरी खड्काको प्रमुख अतिथ्यतामा शनिबार एक कार्यक्रमविच तालिमको समापन गरिएको हो ।...
एजेन्सी, जेठ २२,
काठमाडौँ । भिएनामा भएको सम्मेलनको क्रममा प्रस्तुत गरिएको जानकारीमा एक व्यक्तिको मुटुको शल्यक्रिया गर्ने क्रममा आगो लाग्दा समस्या भएको थियो । ६० वर्षका ती व्यक्तिको मुटुबाट रगत शरीरका अरु भागमा लैजाने धमनीको शल्यक्रिया भइरहेका बेला अकश्मात आगलागी भएको हो । क्रोनिक अबस्ट्रकटिभ पल्मोनरी डिजिज (सिओपिडी) बाट ग्रशित रहेका ती व्यक्तिको एक वर्षअघि मुटुको बाइपास शल्यक्रिया भएको थियो...
जेठ २२,
काठमाडौँ । चर्चित गायिका आनी छोइङ डोल्माले स्रोत नखुलेको 'शंकास्पद' पैसा भित्र्याएको भन्दै एक बाणिज्य बैंकले रोक्का गरिदिएको छ। बैंकिङ प्रणालीबाटै विदेशबाट ल्याइएको पैसाको स्रोत नखुलेपछि मेगा बैंक नेपालले पैसा रोक्का गरेको हो। आनीले हङकङको 'एसेट म्यानेजमेन्ट कम्पनी' मा कार्यरत एक ब्यक्तिबाट १५ लाख डलर (विनिमय दर १०० रुपैयाँका हिसाबले १५ करोड रुपैयाँ) नेपाल ल्याएकी थिइन्। बैंकमा...
एजेन्सी, जेठ २२,
काठमाडौँ । बलिउड नायिका प्रियंका चोपडाले आफू भारतीय प्रत्रानमन्त्रीको दौडमा सामेल हुन चाहेको बताएकी छिन्। द सन्डे टाइम्सले प्रियंकको राजनीतिमा प्रवेशसम्बन्धी प्रश्न गर्दा उनले भनेकी छिन्– ‘म भारतको प्रधानमन्त्रीको दौडमा सामेल हुन चाहन्छु र मेरा पति निकले पनि युएसको राष्ट्रपतिको चुनाव लडून् भन्ने चाहन्छु। निकमा एक महान् नेता बन्ने खुबी देखेको छु।’ उनले आफूलाई राजनीतिसँग जोडिएका कुरा...
एजेन्सी, जेठ २२,
काठमाडौँ । एक व्यक्तिले चार सन्तानकी आमालाई विवाहका गर्नको लागी दबाब दिइरहेका थिए । तर उनले अस्विकार गरेपछि ९ वर्षकी छोरीको अपहरण गरेका छन् । मंगलबार यो घटनाको खुलासा भएको हो । पुलिसले सय बढी सिसिटिभी फुटेज अनुसन्धान गरेपछि १२ घण्टाभित्रै अपहरणको घटना फर्दाफास भएको हो । यो घटना भारतको राजधानी दिल्लीको हो ।भारतीय...
एजेन्सी, जेठ २२,
काठमाडौं । वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर झण्डै ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको राष्ट्रसंघले जनाएको छ। विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको वक्तव्यमा प्रत्येक वर्ष ७० लाख मानिसको वायु प्रदुषणका कारण मृत्यु हुने गरेको उल्लेख छ।राष्ट्रसंघका लागि मानव अधिकार तथा वातावरण सम्बन्धी विशेष प्रतिवेदक डेभिड बोइडले वायु प्रदुषणलाई व्यक्तिको मानव अधिकारकै रुपमा लिइदिन...
जेठ २२,
काठमाडौं । सरकारले पत्रिका र किताबमा भन्सार शुल्क लगाएको छ। विदेशमा छापिएर आउने त्यस्ता किताब, पत्रिका तथा ब्रोसरमा अब १० प्रतिशत भन्सार शुल्क लाग्नेछ। आगामी वर्षको बजेटसँगै आएको आर्थिक विधेयकमार्फत् अर्थ मन्त्रालयले त्यस्ता सामग्रीमा भन्सार लगाउने व्यवस्था गरेको छ। संसदमा दर्ता भए पनि उक्त विधेयकमा भएका प्रस्ताव जेठ १६ देखि नै लागू भइसकेका छन्। अर्थमन्त्री युवराज खतिवडाले...










