Friday, October 2, 2026
Home समाचार मानिसको कारणले हिजो पंखा नचाहिने ठाउँमा एसीको आवश्यकता भयोः मन्त्री मगर

मानिसको कारणले हिजो पंखा नचाहिने ठाउँमा एसीको आवश्यकता भयोः मन्त्री मगर

119

जेठ २२,
भक्तपुर । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले घरभित्रको फोहोर मात्र नभएर टोल र वस्तीको चिन्तनमा रहेका विकृतिको समेत सफा गर्नु पर्ने बताएकी छिन् ।
४६ औं विश्व वातावरण दिवसको असरमा भक्तपुरको सूर्यविनायकमा आयोजित उद्यान उद्घाटन तथा वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन् ‘जबसम्म हामीले विकृत मानसिकता सफा गर्न सक्दैनौ तवसम्म हामी सुखी नेपाली र संम्वृद्ध नेपाल अभियानमा साथ दिन सक्दैनौं । ’
अहिले देशमा नदिनाला र गाउँटोल सफाई अभियानले व्यापकता पाइरहको र एक घर एक सफाई अभियन्ता निस्कनु पर्नेमा समेत मन्त्री मगर जोड दिएकी छिन् ।
‘मानिसले प्रकृतिप्रति अन्याय गर्दा हिजो पंखाको आवश्यकता नपर्ने काठमाडौंमा आज एसीको आवश्यकता परेको छ, मन्त्री मगरले भनिन् ।
मानव सृजित फोहोरहरुले प्रकृति र वातावरणलाई असरले गरेको र त्यसको असर पूनः मानवलाई परिरहको उनको भनाई छ ।
हामी स्वच्छ र स्वस्थ रहन हाम्रो सफाई अभियान निकै महत्वपूर्ण रहेको भन्दै उनले बागमती र हनुमान्ते सफाई अभियानले चेतना फैलाउन सहयोग गरेको बताइन् ।
कार्यक्रममा सांसद महेश बस्नेतले भक्तपुरलाई सुन्दर शान्त र उज्यालो भक्तपुर बनाउने अभियान जारी रहेको बताएका छन् ।
उनले भने ’हामीले हनुमान्ते नदि र अरनिको राजमार्ग सफाई अभियानलाई निरन्तरता दिदैं आएको छौं जुन ६६ औं हप्तामा प्रवेश गरेको छ । ’
कार्यक्रममा प्रदेश सांसद प्रतिमा श्रेष्ठ, जिसस भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टलगायतले कुहिने र नकुहिने फोहरको वर्गीकरण गर्दै घरबाट बाहिर ल्याउन र प्लास्टिकजन्य सामाग्रीको सकेसम्म कम प्रयोग गर्न समेत आग्रह गरेका थिए ।