Wednesday, October 7, 2026
Home स्वास्थ्य वायु प्रदुषणको कारण अकालमा हरेक वर्ष ७० लाखको मृत्यु

वायु प्रदुषणको कारण अकालमा हरेक वर्ष ७० लाखको मृत्यु

197

एजेन्सी, जेठ २२,
काठमाडौं । वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर झण्डै ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको राष्ट्रसंघले जनाएको छ। विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको वक्तव्यमा प्रत्येक वर्ष ७० लाख मानिसको वायु प्रदुषणका कारण मृत्यु हुने गरेको उल्लेख छ।

राष्ट्रसंघका लागि मानव अधिकार तथा वातावरण सम्बन्धी विशेष प्रतिवेदक डेभिड बोइडले वायु प्रदुषणलाई व्यक्तिको मानव अधिकारकै रुपमा लिइदिन विश्वका सरकार समक्ष आग्रह गरेको छ। उनले ठूलो संख्यामा अकालमा मानिसको ज्यान गइरहेको सन्दर्भमा वायु प्रदुषण न्यून गर्न भइरहेका प्रयास पनि निकै सराहनीय रहेको बताए । बोइडले अहिले हरेक पाँच सेकेन्डमा एक व्यक्तिको अकालमै वायु प्रदूषणका कारण मृत्यु भइरहेको बताउँदै विश्वको झण्डै ९० प्रतिशत जनसंख्याले प्रदुषित हावामा श्वासप्रश्वास गरिरहेको उल्लेख गरे। मृत्यु हुने झण्डै ७० लाखमध्ये ६ लाख बालबालिका रहेका छन्।