Friday, July 17, 2026
Home Blog Page 1545
बीबीसी, जेठ २२, काठमाडौँ । "म सम्झनै सक्दिनँ उनी पुरुषका रूपमा कस्तो थिइन्; केही वर्षपछि अहिले त एकदमै सामान्यजस्तो लाग्छ।" १७ वर्षीया मेको लुगा राख्ने दराज सार्लोटले पनि प्रयोग गर्छिन्। उनीहरू दुवैले फूलबुट्टे एउटा हरियो रङ्गको लुगा छाने र त्यसमा राम्री देखिनेमा सहमत भए। मेलाई पुरुष अभिभावकसँग बिताएको समय सम्झिन निकै मुस्किल छ। त्यो सम्झँदा पीडा हुन्छ भनेर होइन, त्यो...
जेठ २२, काठमाडौँ । जिल्लाका इन्चार्ज र सहइन्चार्जबारे छिनोफानो गर्न बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक निष्कर्षमा नपुगी सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो करिब साढे दुई घन्टा बसेको सचिवालय बैठक नेताहरुलाई दोहोरो जिम्मेवारी दिने या नदिने भन्ने विषयमा मत नमिलेपछि बिनानिष्कर्ष टुंगिएको हो। बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जिल्ला कमिटीमा इन्चार्ज र सहइन्चार्ज चयन र चयनका नीतिबारे...
रिता बोलखे, जेठ २२, भक्तपुर । पृर्व कर्मचारी समाज नेपाल केन्द्रीय समिती काठमाडौले आयोजना गरेको कार्यक्रममा पृर्व कर्मचारी समाज नेपालले स्थापना भएको ७ औं महीनामा “समभाव” स्मारीका तयार गरि मंगलवार सार्वजनिक गरिएको छ । प्रमुख अथितिको रुपमा रहेका नेपाली कांग्रेसका केन्द्री सदस्य प्रकाशमान सिंहको हातबाट पृर्व कर्मचारी समाज नेपालको स्मारीका “समभाव” सार्वजनीक भएको हो । उक्त स्मारिका लेखको माध्यमबाट समाजको परिवर्तनमा...
जेठ २२, काठमाडौं । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ । पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा भाडा वार्षिक झण्डै दुई अर्ब रुपैयाँ कम हुनेछ ।भारतीय आयल कर्पोरेशन (आइओसी) सँगको सम्झौताअनुसार परियोजनाको सञ्चालन, मर्मत...
जेठ २२, भक्तपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भक्तपुरमा एक रोपनी जग्गा कब्जा गरेको दाबी गरेको छ। विप्लव माओवादीको भक्तपुर जिल्ला जनपरिषदले चाँगुनारायण...
जेठ २२, काठमाडौं। भारतका वरिष्ठ मोडल, कमेडियन, फिल्म र थिएटर अभिनेता दिन्यार कन्ट्र्याक्टरको बुधबार निधन भएको छ । उनी ७९ वर्षका थिए । परिवारका अनुसार उनी...
जेठ २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगको परिसरमा एभोकाडोको विरुवा रोपेका छन्। विश्व वातावरण दिवशको अवसरमा प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुले बुधबार योजना आयोग परिसरमा फलफूलका विरुवा रोपेका हुन्। सरकारले एक नेपाली एक फलफूलका विरुवा कार्यक्रम गत वर्षदेखि सुरु गरेको हो। यही कार्यक्रमको निरन्तरता स्वरुप प्रधानमन्त्री ओलीले एभोकाडोको विरुवा रोपेका हुन्।
जेठ २२ चितवन । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानले आम कार्यकर्तामा संवादको थालनी भएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अभियान काङ्ग्रेस सुधारका लागि प्रारम्भ भएको पनि बताउनुभयो । जागरण अभियानले काङ्ग्रेसको गाडीलाई कुन दिशामा लैजाने भन्ने कुराको पुष्टि गर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “काङ्ग्रेसको रुपान्तरणका लागि जागरण अभियान पनि एउटा ट्याबलेट हो...
जेठ २२, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवशको अवसरमा विद्धुतीय सवारी साधनको खरिदमा विशेष सहुलियत कर्जा उपलब्ध गराउने निर्णय गरेको छ । बैंकका कामु कार्यकारी प्रमुख महेश शर्मा ढकालका अनुसार बैंकले विश्व वातावरण दिवशको अवसरमा वातावरण मैत्री विद्युतीय सवारी साधनको खरिदमा वार्षिक ९।६ प्रतिशत व्याज दरमा सहुलियत कर्जा उपलब्ध गराउने बताए ।उन विकास र वातावरण...
जेठ २२, काठमाडौं । ईद–उल–फितरको अवसरमा एन आई सी एशिया बैंकले ग्राहकहरुको लागि नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले मुस्लिम समुदायको पवित्र चाड ईद–उल–फितरका अवसरमा यही जेष्ठ २२ देखि जेष्ठ ३० गतेसम्म कुनै पनि नयाँ खाता खोल्दा निःशुल्क डेविट कार्ड एवं मोबाइल बैंकिङ सेवा प्रदान गर्ने योजना ल्याएको छ ।बैंकले सञ्चालनमा ल्याएको यस योजनाबाट डिजिटल बैंकिङमा टेवा पुग्नुका साथै...