Sunday, September 27, 2026
Home अन्तर्राष्ट्रिय आफू भारतको प्रधानमन्त्री हुने र पतिलाई अमेरिकाको राष्ट्रपति बनाउने प्रियंकाको चाहना

आफू भारतको प्रधानमन्त्री हुने र पतिलाई अमेरिकाको राष्ट्रपति बनाउने प्रियंकाको चाहना

118

एजेन्सी, जेठ २२,
काठमाडौँ । बलिउड नायिका प्रियंका चोपडाले आफू भारतीय प्रत्रानमन्त्रीको दौडमा सामेल हुन चाहेको बताएकी छिन्। द सन्डे टाइम्सले प्रियंकको राजनीतिमा प्रवेशसम्बन्धी प्रश्न गर्दा उनले भनेकी छिन्– ‘म भारतको प्रधानमन्त्रीको दौडमा सामेल हुन चाहन्छु र मेरा पति निकले पनि युएसको राष्ट्रपतिको चुनाव लडून् भन्ने चाहन्छु। निकमा एक महान् नेता बन्ने खुबी देखेको छु।’ उनले आफूलाई राजनीतिसँग जोडिएका कुरा मन नपर्ने तर निक र आफू दुवैले परिवर्तन चाहेको समेत बताएकी छिन्।

प्रियंकाले बलिउडसँगै हलिउडमा पनि लोकप्रियता कमाएकी छिन्। बलिउडका दर्जनौं फिल्ममार्पmत प्रशंसक कमाएकी प्रियंकाले केही हलिउड फिल्म र सिरिजमा पनि अभिनय गरेकी छिन्। उनले केहीअघि मात्र अमेरिकी गायक निक जोनससँग बिहे गरेकी थिइन्। हाल निकका साथ अमेरिकामा बसोबास गर्दै आएकी प्रियंकाले आफ्नो करियरका लागि निकसँग विवाह गरेको बताएकी थिइन्।