Friday, July 17, 2026
Home Blog Page 1538
एजेन्सी, जेठ २४, सेन्ट पिटस्बर्ग। चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसमा भेटवार्ता भएको छ । उहाँहरुबीच रुसी शहर सेन्ट पिटस्बर्गमा भेटवार्ता भएको समाचारमा जनाइएको छ । चिनियाँ राष्ट्रपति चिनफिङ हाल रुस भ्रमणमा रहनुभएको छ । त्यस भेटका क्रममा चिनियाँ राष्ट्रपति सिले उक्त शहरको सुन्दरताको बयान गर्नुभएको बताइएको छ । उहाँले रुसको सेन्ट पिटस्बर्ग शहरले रुसका...
जेठ २४, काठमाडौँ । अप्रिलियाको उच्चस्तरीय इटालियन रेसिङ टेक्नोलोजी भएको अप्रिलिया स्ट्रोम स्कुटर बजारमा आएको छ । दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिले सो स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको हो । सो प्रालिका अनुसार, यो स्कुटर रेसरहरुको लागि डिजाइन गरिएको तर आरामदायी सवारीको लागि निर्माण गरिएको स्कुटर हो । यसमा १२५ सीसीको आधुनिक प्रविधिको थ्रि भल्व इन्जिन जडान गरिएको छ ।...
जेठ २४, काठमाण्डौ । अभिनेता प्रदीप खड्का अहिले आफूलाई ‘स्टार’ बनाएको फिल्म ‘प्रेमगीत’ को तेस्रो सिरिजको तयारीमा व्यस्त छन् । फिल्मको साउनपछि छायांकन सुरु हुँदैछ । केही महिनायता प्रदीप फिल्मका लागि कपाल बढाउन र शरीर संगठित बनाउन जिममा कडा कसरत गरिरहेका छन् । चाँडै यस फिल्ममा उनले रोमान्स गर्ने अभिनेत्रीको टुंगो लाग्दैछ । अर्थात् ‘गीत’ को । फिल्म आउँदो...
जेठ २४, काठमाडौँ । काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक विदा हुने भएको छ। जेठ २६ गते मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदा दिएको छ। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको छ। रथ जावाखेल पुगेको ४ दिनमा भोटो देखाउने जात्रा मनाउने गरिन्छ। जसअन्तर्गत आइतबार राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाइने गरिन्छ। कीर्तिपुर, सतुंगल, मच्छेगाउँ, पुल्चोक, बलम्बु,...
जेठ २४, काठमाडौँ । सहमति कार्यान्वयन र थप वार्ताको सम्भावना कम हुँदै गइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग फेरी छिट्टै वार्ता हुने आशा व्यक्त गरेका छन् । उनले पत्रकारहरूसँग भने, 'मैले उत्तर कोरियासँगका सम्झौतालाई कार्यान्वयन गर्न गराउन चाहन्छु, हाम्रो वार्ता फेरी पनि हुने आशा गरेको छु ।' लामो समयदेखि एक अर्काका चर्को विरोधी रहेका...
जेठ २४, काठमाडौँ । मेगा बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजरियल लेभल९असिस्टेन्ट म्यानेजर०का लागि १ जना, अफिसर लेभल९जूनियर अफिसर,अफिसर र सिनियर अफिसर०का लागि ३१ जना, विजनेश यूनिट क्रेडिटका लागि ८ जना, क्रेडिट विजनेशका लागि ५ जना, ब्रान्च म्यानेजरका लागि १८ जना, असिस्टेन्ट लेभल९सिनियर असिस्टेन्ट, असिस्टेन्ट र सूपर भाईजर०का लागि १३ जना, क्रेडिट विजनेशका लागि ८...
जेठ २४, काठमाडौँ । सुनकोशी नदीबाट गैरकानूनी बालुवा, गिट्टी, ढुङ्गा उत्खनन कार्यलाई तत्काल बन्द गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय लगायतलाई विपक्षी बनाएर अधिवक्ता पदमबहादुर श्रेष्ठ र चिरञ्जीवी भट्टराईले बिहीबार दायर गरेको रिट निवेदनमा सो कार्य बन्द गर्न माग गरिएको हो ।रिट निवेदनमा सुनकोशी नदीबाट बालुवा,...
जेठ २४, काठमाडौँ । -लोकसेवा पढ्ने मनस्थिति बनाउनुअघि निजामती सेवा र लोकसेवा परीक्षाका विषयमा पनि आफ्नो स्पष्ट धारणा बनाउनुस् । -लोकसेवा पढ्ने स्पष्ट भएपछि म जसरी पनि सफल हुन्छु भन्ने दृढ अठोट राख्नुस् । -लोकसेवासम्बन्धी सकेसम्म धेरै सामग्री संकलन गर्नुस्, यसको अर्थ आफ्नो अध्ययनको दायरालाई सकेसम्म विस्तार गर्नुस् । -ज्ञान हासिल गर्ने मामिलामा कहिल्यै नहिच्किचाउनुस् । आफूभन्दा ज्येष्ठ र अघि नै लोकसेवा पास गरिसकेकासँग...
जेठ २४, हेटौँडा । प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ्य भई उपचार गराइरहेका बेला उनले राजीनामा दिएका हुन् । न्यौपानेले प्रमुख सचिव आनन्दराज ढकालमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएको बताए । पदमा रहँदा स्वतन्त्रपूर्वक काम गर्ने आफ्नो आदतअनुसार काम गर्न नपाएकाले र बाँधिएर काम गर्नुपर्ने बाध्यताका कारण पदबाट राजीनामा...
जेठ २४, काठमाडौँ । एउटा नयाँ अध्ययनले राति ६ घन्टाभन्दा थोरै सुत्ने व्यक्तिको मृत्यु मुटुसम्बन्धी रोग वा हृदयघातबाट हुने जोखिम बढ्ने देखाएको छ। अध्ययनका अनुसार पहिले नै मुटुसम्बन्धी रोग र मधुमेहसम्बन्धी जोखिममा रहेका व्यक्तिमा यस्तो मृत्युको जोखिम दुई गुणा रहन्छ। ‘मेटाबोलिक सिन्ड्रोम’ भनिने यो जोखिम समूहमा उच्च रक्तचाप, एलडिएल (मुटुका लागि खराब) कोलेस्टेरोलको उच्च मात्रा, हाइ ब्लड सुगर, मोटोपन, रगतमा...