काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक विदा

93

जेठ २४,
काठमाडौँ । काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक विदा हुने भएको छ। जेठ २६ गते मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदा दिएको छ। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको छ। रथ जावाखेल पुगेको ४ दिनमा भोटो देखाउने जात्रा मनाउने गरिन्छ। जसअन्तर्गत आइतबार राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाइने गरिन्छ। कीर्तिपुर, सतुंगल, मच्छेगाउँ, पुल्चोक, बलम्बु, थानकोट र पाँगा सात गाउँका मानिस आएर ठटिटोलदेखि इटिटोलको बाटो हुँदै मान भवन, कुमारीपाटी हुँदै रथ जावलाखेल पुर्‍याइएको छ।