जेठ २६,
काठमाडौँ । विश्व वातावरण दिवस–२०१९ को अवसर पारेर कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलका नेतृत्वमा ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टर परिसरको सरसफाई गरिएको छ । वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आइतबार बिहान पुल्चोक चोकदेखि सुरु भएको सरसफाई मन्त्री क्वार्टरभित्र पुगेर समापन भएको थियो । मन्त्रालयले यो वर्ष ‘स्वच्छ वायु स्वस्थ जीवन’ भन्ने नाराका साथ साताव्यापी रुपमा विविध...
एजेन्सी, जेठ २६,
काठमाडौँ । युइएफए नेसन्स लिगको फाइनल भिडन्तमा आज राति सन् २०१६ को युरो च्याम्पियन पोर्चुगल र नेदरल्यान्ड्स भिड्दैछन् । पोर्चुगलमा हुने यस खेलमा दुवै टिमलाई उत्तिकै उपाधि दाबेदार मानिएको छ । दुवै टिममा उत्तिकै स्टार र प्रभावशाली खेलाडी छन् । सो खेलअघि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले भने आफू देशलाई दोस्रो अन्तर्राष्ट्रिय उपाधि जिताउन तयार रहेको बताएका छन्...
जेठ २६,
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार ४ अर्ब ९ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचनामार्फत जेठ २७ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले यसअघि ५ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । केन्द्रीय बैंकले पछिल्ला दिनमा ट्रेजरी बिल र रिपोमार्फत तरलता व्यवस्थापनको...
जेठ २६, एजेन्सी,
काठमाडौँ । विश्वकप इतिहासमा पुरुषभन्दा अघि महिला क्रिकेट विश्वकप १९७३ मा खेलिएको थियो। यो प्रतियोगिताको फाइनलअघि २५ जुलाईमा बसेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को एक बैठकले पुरुष विश्वकपका लागि ‘ग्रिन सिंग्नल’ दियो। जसले १९७५ मा सार्थक्ता पायो। पाकिस्तानका पूर्वक्रिकेटर जावेद मियांदाद, जो १९७५ को विश्वकपमा १७ वर्षका मात्र थिए। उनको अनुभव मान्ने हो भने विश्वकपको महत्त्व कसैलाई...
जेठ २६,
कास्की । विपल्व नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरीसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। अन्नपूर्ण गाउँपालिका-११ बाट उनीहरूलाई पक्राउ गरेको हो। सो स्थानमा वैठक भइरहेको सूचना पाएपछि प्रहरीले त्यहाँपुगेर उनीहरूलाई पक्राउ गरेको हो।यसरी पक्राउ पर्नेहरूमा पार्टीका कास्की जिल्ला सेक्रेटरी मिलन राई (आक्रोश) सहित ४ महिला र १३ पुरूष रहेका छन्। पक्राउ परेकाहरूलाई शनिबार राति नै...
अन्नपूर्ण पोष्ट
जेठ २६, नेपालगन्ज । २० जेठ मध्यराति नेपालगन्जको होटल वाटिकाबाट भारतीय सेनामा भर्ती गराइदिने भन्दै लिएको ३८ लाखसहित सात जनालाई प्रहरीले रंगेहात पक्राउ गर्यो। घटनाका प्रत्यक्षदर्शी नेपाल भूतपूर्व सैनिक समितिका बाँके जिल्ला अध्यक्ष भीम रानाका अनुसार प्रहरीले होटलको १०२ नम्बर कोठाबाट चितवनका रामकाजी पाण्डे, पोखराका सुजाता पाठक र शर्मिला अधिकारीबाट ६ लाख ५० हजार, १०४ नं। कोठामा...
काठमाडौंमा सूर्योदय ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट । दिनमान ३४ घडी २९ पला ।मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिगतका गल्ति तथा कमि कमजोरिहरुलाई सच्याउदै परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरवर्गहरुको इज्जत राख्न सकिने समय रहेकोछ भने शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । आकस्मिक धन तथा सम्पति हात लागि हुनेछ भने आफूले मन...
जेठ २६, राजेश मिश्र (कान्तिपुर दैनिक)
काठमाडौँ । सरकारकै आग्रहअनुसार विज्ञापन निकालेको लोक सेवा आयोग तीव्र विवादमा परेको छ । आयोग डेढ सातायता सडकदेखि संसद्सम्मको तारोमा छ । सरकार भने रमिते बनेको छ । पाँच सय १५ वटा स्थानीय तहमा पदपूर्तिका लागि ९ हजार १ सय ६१ जनशक्ति माग गरेर जेठ १५ मा विज्ञापन गरेपछि आयोग विवादमा परेको हो।...
टेकराज थामी ( नयाँ पत्रिका)
काठमाडौं । चेक बाउन्सका अधिकांश उजुरीकर्ता मिटर ब्याजका कारोबारी रहेको खुलेको छ । अनुसन्धानमा अधिकांश उजुरीकर्ता मिटर ब्याजी रहेको देखिएपछि प्रहरीले बाउन्स चेकमा उल्लेखित रकमको समेत स्रोत खोजी गर्ने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रत्येक दिन परिसर कार्यालयमा मात्रै चेक बाउन्सका ६५ भन्दा धेरै उजुरी पर्ने गरेका छन् । मातहतका १४ वृत्तमा पनि दैनिक ६५...










