Tuesday, October 27, 2026
Home राजनीति जिल्ला सेक्रेटरीसहित विप्लव माओवादीका १८ कार्यकर्ता पक्राउ

जिल्ला सेक्रेटरीसहित विप्लव माओवादीका १८ कार्यकर्ता पक्राउ

115

जेठ २६,
कास्की । विपल्व नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरीसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। अन्नपूर्ण गाउँपालिका-११ बाट उनीहरूलाई पक्राउ गरेको हो। सो स्थानमा वैठक भइरहेको सूचना पाएपछि प्रहरीले त्यहाँपुगेर उनीहरूलाई पक्राउ गरेको हो।

यसरी पक्राउ पर्नेहरूमा पार्टीका कास्की जिल्ला सेक्रेटरी मिलन राई (आक्रोश) सहित ४ महिला र १३ पुरूष रहेका छन्। पक्राउ परेकाहरूलाई शनिबार राति नै पोखरा ल्याइएको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रमूख दानबहादुर कार्कीले बताए। उनीहरू त्यहाँको स्थानिय आमा समूहको हलमा बैठक गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।