Friday, July 17, 2026
Home Blog Page 1535
प्रकाश कँडेल (नयाँ पत्रिका)जेठ २६, काठमाडौं । सरकारले नै आयोजना गरेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको पुरस्कारमा खेलाडी ठगिएका छन् । मोटरसाइकल पाउनुपर्ने खेलाडीले ५० हजार र ५० हजार पाउनुपर्ने खेलाडीले ३० हजार मात्रै पुरस्कार पाएका हुन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार घोषणा गरिएको थियो । तर, व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट...
जेठ २६, काठमाडौं । आइतबार देशका पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पुर्वी तथा मध्य भु–भागका केही र पश्चिमी पहाडी भु–भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।त्यस्तै रातिको देशका पूर्वी तथा मध्य भू–भाग लगायत...
जेठ २६, काठमाडौं । विभिन्न चार देशका लागि सरकारले राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । बंगलादेश, अस्ट्रेलिया, कतार र स्पेनका लागि नयाँ राजदूत सिफारिस भएका हुन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले बंगलादेशका लागि एमाले नेता डा. वंशीधर मिश्र, कतारका लागि डा। नारद वाग्ले भारद्वाज, अस्ट्रेलियाका लागि महेश दाहाल र स्पेनका लागि दावा फुटी शेर्पालाई राजदूत सिफारिस गरेको हो ।...
अर्जुन बोहरा ( नेपाल समाचारपत्र) जेठ २६, हुम्ला । तराईका जिल्लामा देखा पर्ने औलो रोग पछिल्लो समय हिमाली जिल्ला हुम्लामा देखिएको छ । गएको वर्षमा हिमाली जिल्ला मुगु, बाजुरा र हुम्लामा औलो रोग देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले एक साताभित्र हुम्लाका दक्षिणी ताँजकोट, अदनचुली, सर्केगाढलगायतका गाउँपालिकामा १५ जनामा औलो रोग देखा परेको जनाएको छ ।महाशाखाबाट...
जेठ २६ काठमाडौं । उपत्यकामा आइतबार भोटो जात्रा मनाइँदै छ । भोटो जात्रा पर्वका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रम रहेको छ । त्यस्तै, विशिष्ट व्यक्तिहरू उपस्थित हुने कार्यक्रम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ ।रातो मच्छेन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्‍याएको थियो । जावलाखेल पुर्‍याएको चौथो दिन भोटो देखाउने...
जेठ २५, काठमाडौं । काँग्रेस नेता प्रदीप पौडेलले आफ्नै कारणले केपी ओली नेतृत्वको सरकारको भविष्य नरहेको दाबी गरेका छन् । उनले कम्युनिष्ट सरकारले सिङ्गो मूलुकलाई नै कम्युनिष्टकरण दाबी समेत गरे । काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत शनिबार धादिङबेसीमा आयोजित आमसभामा उनले भने, ‘चोरिएको मोटरसाइकल चढेर हिँडेका पार्टी कार्यकर्ताले पनि नेकपाको सदस्यता रसिद देखाएमा प्रहरीले समाउँदैन । उनीहरुले लाइसेन्स र...
जेठ २५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दू धर्मलाई मासेर विदेशी धर्म भित्र्याउनु कुनै विकास नभएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र पुनःस्थापनाका लागि दोस्रो चरणको मेची–महाकाली राष्ट्रिय स्वाभिमानको यात्राका क्रममा आज बागलुङमा आएका थापाले ९४ प्रतिशत ओमकार परिवार भएको देशमा इसाइकरण हुनु देशका लागि ठूलो दुर्भाग्य भएको बताए । पूर्वगृहमन्त्रीसमेत रहेका थापाले...
जेठ २५, विरगञ्ज । शनिबार साँझ बर्षासँगै आएको हावाहुरीले पर्सामा दर्जनौं घरमा क्षति पुगेको छ । केहि मानिस घाइते भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले हावाहुरीले क्षति पु¥याएको र विवरण संकलन भइरहेको बताए । ‘हावाहुरीले मानवीय क्षति भएको खबर त छैन तर घाइते भएको जानकारी पाएको छु’ उनले भने, ‘घरहरुमा सामान्य क्षति भएको हो, त्यसबारे यकिन...
जेठ २५,काठमाडौं । यात्रुबाहक बस दुर्घटना हुदाँ कम्तीमा १७ व्यक्तिको मृत्यु भएको छ । दुबईको शेख मोहम्मद बिन जाएन रोडमा उक्त दुर्घटना भएको हो । कुल ३१ यात्रु सवार रहेको सो बस सङ्केतचिह्नमा ठोक्किएर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । सो बस दुर्घटनामा परी विभिन्न देशका नागरिकहरुको ज्यान गएको बताइएको छ ।अधिकारीहरूका अनुसार यस दुर्घटनामा परी आठ भारतीय नागरिकको...
-डा. दिनेश बाँस्तोला, पश्चिमा समाजमा प्रायः बालबालिकालाई सँगै सुताउने प्रचलन छैन । नाबालकै उमेरमा पनि उनीहरुलाई अलग्गै सुताउने प्रचलन देखिन्छ । तर नेपाल, भारतलगायतका पूर्वीय समाजमा भने बाल–बालिकाको निश्चित उमेर नपुगेसम्म बाबु–आमासँगै सुताउने प्रचलन छ । हेरचाह र ममता र अभिभावकसँगको निकटताको हिसाबले यो राम्रो पनि मानिन्छ । तर बालबालिकालाई आफूसँगै सुताउँदा केही विषयमा अभिभावक सचेत हुन आवश्यक छ ।...