नेपाल राष्ट्र बैंकले ४ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै

111

जेठ २६,
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार ४ अर्ब ९ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचनामार्फत जेठ २७ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले यसअघि ५ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । केन्द्रीय बैंकले पछिल्ला दिनमा ट्रेजरी बिल र रिपोमार्फत तरलता व्यवस्थापनको काम नियमित गर्दै आएको छ ।