विश्वकप क्रिकेटको इतिहास, पुरुषभन्दा अघि महिला विश्वकप क्रिकेट

379

जेठ २६, एजेन्सी,
काठमाडौँ । विश्वकप इतिहासमा पुरुषभन्दा अघि महिला क्रिकेट विश्वकप १९७३ मा खेलिएको थियो। यो प्रतियोगिताको फाइनलअघि २५ जुलाईमा बसेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को एक बैठकले पुरुष विश्वकपका लागि ‘ग्रिन सिंग्नल’ दियो। जसले १९७५ मा सार्थक्ता पायो। पाकिस्तानका पूर्वक्रिकेटर जावेद मियांदाद, जो १९७५ को विश्वकपमा १७ वर्षका मात्र थिए। उनको अनुभव मान्ने हो भने विश्वकपको महत्त्व कसैलाई पनि थाहा नै थिएन। उनी भन्छन्, ‘वास्तवमा त्यो समयमा हामीलाई विश्वकप भनेको के हो? केही पत्तो थिएन। मलाई लाग्छ उक्त प्रतियोगितामा सहभागिता जनाउने टिमलाई पनि यसको महत्त्वबारे कोही जानकारी थिएनन्।’

पहिलो पटक विश्वकप क्रिकेटको चर्चा
पहिलो पटक विश्वकप क्रिकेटको चर्चा सबैभन्दा पहिलो पटक विश्वकप क्रिकेटको आयोजनाको चर्चा १९७२ को आइसिसीको वार्षिक बोर्ड बैठकमा भएको थियो। यद्धपि, यो प्रतियोगिताको आयोजनामा सर्वाधिक ठूलो चुनौती थिए भारत–पाकिस्तान। १९६५ को युद्धपछि भारत–पाकिस्तानबीच खेल सम्बन्ध खराब भएको थियो। आइसिसीलाई डर थियो कि यदि भारत र पाकिस्तानले यो प्रतियोगिता खेल्न इन्कार गरे भने चार टेस्ट खेल्ने देश मात्र बाँकी रहन्छन्। त्यसैले उसका लागि सबै टेस्ट राष्ट्रलाई पहिलो विश्वकपमा सहभागी गराउनु पर्ने चुनौती थियो। यस्तोमा आइसिसीले २५ जुलाई १९७३  मा प्रतियोगिता गर्ने कुरालाई महत्त्व दियो। तर पहिले यो प्रतियोगिताको नाम विश्वकप थिएन। डेली एक्सप्रेसले यो प्रतियोगितालाई ‘इन्टरनेशन टुर्नामेन्ट’ नाम दिएको थियो। तर यो नामको प्रयोग भने भएन। अर्को दिन यो प्रतियोगिताको आधिकारीक नाम ‘विश्वकप’ घोषणा गरियो।

टिसिसिबीलाई आयोजनाको जिम्मेवारी
टिसिसिबीलाई आयोजनाको जिम्मेवारी आइसिसीले पहिलो प्रतियोगिताको आयोजनाको जिम्मेवारी ‘द टेस्ट एन्ड कन्ट्री क्रिकेट बोर्ड (टिसिसिबी)’ लाई दिएको थियो। टिसिसिबीपछि इंग्ल्यान्ड क्रिकेट बोर्डका रुपमा विकास भयो। तत्कालीन समयमा सर्वाधिक बढी चुनौती खर्चको थियो। टिसिसिबीले यो प्रतियोगिताको आयोजनाका लागि १० लाख पाउन्ड खर्च लाग्ने जनाएको थियो। सन् १९७४ सम्म आइसिसी र टिसिसिबीले कुनै पनि टाइटल स्पोन्सर प्राप्त गर्न सकेनन्। त्यसपछि टेलिभिजन राइट्स र स्पोन्सरशिपबाट प्रतियोगिताको आयोजना गर्ने निर्णय गरियो। परिणामस्वरुप अक्टोबरमा अमेरिकाको इन्स्योरेन्स कम्पनी प्रुडेन्सियल विश्वकपको स्पोन्सरका रुपमा रह्यो। जसलाई आइसिसीसीले प्रोडेन्सियल कपको मान्यता दियो। तर क्रिकेट समर्थक र मिडियाहरुले भने यसलाई विश्वकपकै रुपमा चर्चा गरे। प्रतियोगिता १९७५ मे ७ देखि सुरु भएको थियो। सबै टिम एकदिन अघि आयोजना स्थल पुगिसकेका थिए।

प्रतियोगिताको ड्र भने एक वर्षअगाडि नै निकालिएको थियो। मिडियाहरुले कम मात्र कभरेज गरेका थिए। तर पहिलो दिन भारत र इंग्ल्यान्डको खेल हेर्न लर्डस् मैदानमा २० हजारभन्दा बढी दर्शक पुगेका थिए। इंग्ल्यान्डले ३३४/४ को स्कोर तयार गरेको थियो। जवाफमा भारतले ६० ओभरमा १३२/३ को स्कोर तयार गरेको थियो। तत्कालीन समयमा ६० ओभरको खेल खेलाइने गरिन्थ्यो। भलै यो प्रतियोगिताले राम्रो सुरुवात पाएन। तर विस्तारै दर्शकको ध्यान आफ्नोतर्फ खिच्न भने प्रतियोगिता सफल रह्यो। Thahakhabar.com