Saturday, July 18, 2026
Home Blog Page 1529
जेठ २७, काठमाडौँ । विजयश्वरी हत्याका अभियुक्तलाई १९ वर्षपछि पक्राउ गरेको छ। भक्तपुरका विजयश्वरी प्रजापतिको हत्यामा संलग्न भएको भन्दै देविरमण अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। सोमबार पत्रकार सम्मेलन गर्दै सिआइबी प्रमुख निरज शाहीले अधिकारीलाई आइतबार भैरहवाबाट पक्राउ गरिएको जानकारी दिएका छन्।२०५७ असार ८ गते देविरमणले विजयश्वरीको हत्या गरेका थिए। उनी विजयश्वरीको घरमा कामदार थिए। मासिक १५ सय तलब...
एजेन्सी, जेठ २७, नयाँदिल्ली । भारतीय क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । सिंहले सोमबार एक पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो सन्यासको घोषणा गरेका हुन् । ‘भारतका लागि ४ सय खेल खेल्न पाएकोमा मैले आफूलाई एकदमै भाग्यमानी ठानेको छु । क्रिकेटले मलाई सबैथोक दिएको छ, त्यहीकारण म अहिले यहाँ उभिएको छु । अब अगाडी बढ्ने समय आएको छ,’...
जेठ २७, काठमाडौँ । यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ । नेपालमा मनसुन आज अर्थात जुन १० का दिन भित्रिनुपर्नेमा एकसाता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताए । 'मनसुन भित्रिनका लागि जुन खालको वातवरण हुनुपर्ने हो त्यो बनिसकेको छैन विस्तारै बन्ने क्रममा छ,' उनले भने । मनसुन प्रवेश गर्नका लागि स्थानीय हावाभन्दा पनि...
जेठ २७, भक्तपुर । भक्तपुर नगरपालिका -५ कमलबिनायकबाट जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । रामेछाप चुनापट्टी गाउँपालिका-४ घर भएका ४९ वर्षीय डम्बर बहादुर लामाको खाजा पसलमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । लामा र ६ जनालाई नगद ६ हजार २ सय ९० रुपैयाँ र १ बुक तास सहित...
जेठ २७, काठमाडौं । सोमबार सेयर बजारमा ८ .७८ अंकले गिरावट आएको छ । सोमबार ८ दशमलव ७८ अंकले घटेर ओरालो लागेर सेयर कारोबार मापक नेप्से परिसूचक ८१२७५.८२ अंकमा आइपुगेको छ । अधिकांश उपसमूहहरु घटेर राताम्मे देखिएका छन् । कारोबार रकम भने ६१ करोड रुपैयाँ माथि भएको छ । दिनभर भएका १७३ कम्पनीको ८ हजार ३ सय २७ कारोबारबाट...
जेठ २७, ललितपुर। नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो । डेढ महीनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो । नास्टमा...
जेठ २७, काठमाडौँ । सहयोगी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा सुन्दर खड्का नियुक्त भएका छन् । कम्पनीको जेठ २२ गते बसेको विकास बैंकको सञ्चालक समितिको बैठकले खड्कालाई संस्थाको कामु सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि विनय रिजालले जेठ २६ गतेदेखि लागू हुने गरी उक्त पदबाट राजिनामा दिएका थिए । उक्त रिक्त हुन...
जेठ २७, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाउनुभएका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले संविधानमा उल्लेख भएका कुरालाई व्यवस्थित एवं एकरुपता प्रदान गर्न गुठीलाई प्राधिकरणमा लैजान खोजिएको बताउनुभयो । “हिजो र आजको गुठी विधेयकमा तात्विक फरक छैन, संविधानलाई सम्बोधन र कार्यान्वयनबाहेक धर्म संस्कृति मासिने गरी विधेयक आएको छैन, कसरी पारित गर्ने माननीयहरुको हातमा छ,...
जेठ २७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्ररुपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको बताएका छन् । संयुक्त राष्ट्रसङघ तथा अन्य अन्तरराष्ट्रि«य सङ्गठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीले विगतमा ठूलो सङ्घर्ष तथा संविधान निर्माणको अगुवाइ लिएर आएको अहिलेको सरकार...
जेठ २७, काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्वरस्थित गैरीगाउँबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम खुलाइएको छैन । काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी उत्तमराज सुवेदीले घटनाबारे पुष्टि गरे पनि थप विवरण खुलाएनन् ।