भारतीय क्रिकेटर युवराज सिंहले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

300

एजेन्सी, जेठ २७,
नयाँदिल्ली । भारतीय क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । सिंहले सोमबार एक पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो सन्यासको घोषणा गरेका हुन् । ‘भारतका लागि ४ सय खेल खेल्न पाएकोमा मैले आफूलाई एकदमै भाग्यमानी ठानेको छु । क्रिकेटले मलाई सबैथोक दिएको छ, त्यहीकारण म अहिले यहाँ उभिएको छु । अब अगाडी बढ्ने समय आएको छ,’ उनले भने ।

सन् २००० को अक्टुबरमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सिंहले भारतका लागि ४ सय खेल खेलिसकेका छन् । सन् २०१७ देखि भारतीय टिमबाट पाखा लगाइएका उनी बीचमा क्यान्सरको समस्याबाट पनि गुज्रिए । टिममा फिर्तीको आशमा रहेका उनले दुर्ई वर्ष पर्खँदा पनि मौका नपाएपछि सन्यासको घोषणा गरेका हुन् ।