विजयश्वरी हत्याका अभियुक्त १९ वर्षपछि पक्राउ

160

जेठ २७,
काठमाडौँ । विजयश्वरी हत्याका अभियुक्तलाई १९ वर्षपछि पक्राउ गरेको छ। भक्तपुरका विजयश्वरी प्रजापतिको हत्यामा संलग्न भएको भन्दै देविरमण अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। सोमबार पत्रकार सम्मेलन गर्दै सिआइबी प्रमुख निरज शाहीले अधिकारीलाई आइतबार भैरहवाबाट पक्राउ गरिएको जानकारी दिएका छन्।

२०५७ असार ८ गते देविरमणले विजयश्वरीको हत्या गरेका थिए। उनी विजयश्वरीको घरमा कामदार थिए। मासिक १५ सय तलब दिने भनेर काममा लगाइएका उनले सात महिनासम्म तलब पाएका थिएनन्। तलब माग्दा नदिएपछि देविरमणले भान्सामा विजयश्वरीको हत्या गरेका थिए। हत्यापछि उनी भागेर भारत गएको त्यहाँ नाम परिवर्तन गरेर प्रकाश अधिकारी बनेको प्रहरी अनुसन्धानमा देखिएको छ। परिवारले उनी भाग्दा ८ तोला सुन र ६ हजार रूपैयाँ पनि लिएर गएको दाबी गरेको थियो।