Saturday, July 18, 2026
Home Blog Page 1528
सुनील महर्जन (नेपाल समाचारपत्र) जेठ २८, काठमाडौं । सरकारले गुठीको हजारौं रोपनी जग्गा भूमाफियाले लिन मिल्ने प्रावधान राखेर ल्याइएको गुठी विधेयकविरुद्ध सदन र सडकमा चर्को विरोध भएको छ । गुठी सञ्चालन र बन्दोबस्तीको नाउँमा विधेयकले प्राधिकरणको परिकल्पना गरी गुठी रकमी, पुजारी, महन्त, गुठियारहरुको अस्तित्व नै समाप्त गर्न खोजेको भन्दै विरोध सुरु भएको हो ।‘गुठीको जग्गा, धर्म, संस्कृति र अन्य परोकारको कामलाई...
जेठ २७, भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले अरनिको राजमार्गको मनोहरा पुलदेखि काभ्रे साँगा चोक सडकखण्डमा सवारीको गति नियन्त्रण गर्ने अभियान सुरु गर्ने भएको छ । भक्तपुरमा सवारी दुर्घटनाका घटनाहरु वढ्न थालेको भन्दै भक्तपुरको सीमाना मनोहरा पुल–सूर्यविनायक ६ लेन र सूर्यविनायक–साँगा चोकसम्मको २ लेन सडकमा यो नियम लागू गर्न लागिएको हो । अब मनोहरा पुलदेखि साँगा चोकको मुख्य...
जेठ २७ स्याङ्जा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा डुबेको छ ।अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा मन्त्रीको झण्डाबाल गाडी डुबेको हो । सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी खोलामा आधा डुबेको हो । मन्त्रीलाई सुरक्षाकर्मीले उद्दार गरेका थिए । खोलामा डुबेको गाडीको इन्जिन नै सिन...
जेठ २७, विराटनगर र प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्तालाई विराटनगर महानगरपालिका ७ डाँफे चोकबाट आइतबार राति पक्राउ गरेको छ। पैदल हिँडिरहेका बेला मोरङको सुन्दरहरैंचा नगरपालिका ८ का ५३ वर्षीय रुद्र पौडेललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए। पक्राउ परेका पौडेलमाथि ‘विप्लव’ समूहले विभिन्न समयमा आह्वान गरेको बन्द र हड्तालका बेला ठाउँ–ठाउँमा बम राखेर...
जेठ २७, जाजरकोट। बारेकोट गाउँपालिकामा भीरबाट लडेर सोमबार विहान तीन जना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बारेकोट गाउँपालिका ५ का १६ वर्षीय भीमराज शाही, १७ वर्षीय नवराज सिंह र ४० वर्षीय पृथीबहादुर बस्नेत रहेको छन्। शाही र सिंह वनलसुन खोज्न र बस्नेत घर बनाउनका लागि काठ काट्न जंगल गएका थिए। बारेकोट ४ स्थित कराइचुला लेक पुगेका दुई...
जेठ २७, जनकपुरधाम । प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बुहमतले पारित भएको छ । सोमबार प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सत्तारुढ सांसदले संशोधन दर्ता गराएपछि प्रदेश सरकार संकटमा परेको थियो । सत्तासिन राजपाका महासचिव समेत रहेका सांसद मनिष सुमन, सांसद विदेश्वर यादव ‘विक्की, डा. रिना यादव, नेत्रबिक्रम साह र सचेतक परमेश्वर साहले...
जेठ २७ काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको गुठी विधेयक संविधानको मर्म र भावनाविपरीत भएकोले स्वीकार्य नहुने बताएको छ। संस्कृति र परम्पराको विनाश गर्ने गरी सरकारले गुठी विधेयक ल्याएको पनि कांग्रेसको भनाइ छ। ‘धर्म, संस्कृति र परम्पराको विनाश गर्ने र गुठीको अस्तित्वलाई नै समाप्त पार्ने गरी ल्याइएको विधेयकप्रति नेपाली कांग्रेसको घोर आपत्ति रहेको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा...
जेठ २७, काठमाडौँ । बलिउडकी चर्चित अभिनेतृ श्रद्धा कपुर वृद्धा भएर देखिने भएकी छिन्। उनी एक फिल्ममा ७४ वर्षकी वृद्धा महिलाको भूमिकामा देखिने भएकी हुन्। तेलुगु फिल्म निर्माता सुरेश बाबुले निर्माण गर्न लागेको मिस ग्रेनी नामक कोरियन ड्रामाको हिन्दी रिमेकमा उनी प्रमुख भूमिकामा चुनिएको नवभारत टाइम्सको अनलाइन समाचारमा उल्लेख छ।सन् २०१४ मा रिलिज भएको कोरियन ड्रामा मिस ग्रेनीमा ७४ वर्षकी...
जेठ २७, बारा । बारा नेपाल विद्युत प्राधिकरण कार्यालयमा सोमबार प्राधरिकरणका कर्मचारी र उपभोक्ताबीच झडप भएको छ। विद्युत प्राधिकरणका कर्मचारीले बाँसको फाटाले प्रहार गर्दा तीन जना उपभोक्ता घाइते भएका छन्। टाउको फुटेर घाइते भएका कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरका राम बिहारी राउत अहिर, वीरेन्द्र यादव र राजेश (थर नखुलेका) को कलैयास्थित जिल्ला अस्पतालमा उपचार गरिएको छ।विद्युत प्राधिकरणको लापरवाहीका कारण...
जेठ २७, भक्तपुर । सूर्यविनायक नगरपालिका भित्र रहेका बालबालिकाहरुको सम्पुर्ण विवरण सहितको तंथ्याक संकलन हुने भएको छ । नगर स्तरीय बाल संरक्षण तथा सम्बद्र्धन समितिको अगुवाईमा, याव नेपाल र सम नेपालको सहकार्यमा र सुर्यविनायक नगरपालिकाको सहयोगमा एक हप्ता लगाएर १० वडामा ९/९ जनाका दरले ९० जना संकलनकर्ताहरु परिचालन गरि तंथ्याक संकलन गर्न लागिएको हो प्राप्त तंथ्याकको आधारमा सुर्यविनायक नगरपालिकाले...