सहयोगी विकास बैंकको कामु सीईओमा सुन्दर खड्का नियुक्त

235

जेठ २७,
काठमाडौँ । सहयोगी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा सुन्दर खड्का नियुक्त भएका छन् । कम्पनीको जेठ २२ गते बसेको विकास बैंकको सञ्चालक समितिको बैठकले खड्कालाई संस्थाको कामु सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि विनय रिजालले जेठ २६ गतेदेखि लागू हुने गरी उक्त पदबाट राजिनामा दिएका थिए । उक्त रिक्त हुन आएको सीईओ पदमा संस्थाले जेठ २६ गतेदेखि लागू हुने गरी कामु सीईओको रुपमा खड्कालाई नियुक्त गरेको हो ।