Monday, October 26, 2026
Home मनोरन्जन श्रद्धा वृद्धा बन्दै

श्रद्धा वृद्धा बन्दै

144

जेठ २७,
काठमाडौँ । बलिउडकी चर्चित अभिनेतृ श्रद्धा कपुर वृद्धा भएर देखिने भएकी छिन्। उनी एक फिल्ममा ७४ वर्षकी वृद्धा महिलाको भूमिकामा देखिने भएकी हुन्। तेलुगु फिल्म निर्माता सुरेश बाबुले निर्माण गर्न लागेको मिस ग्रेनी नामक कोरियन ड्रामाको हिन्दी रिमेकमा उनी प्रमुख भूमिकामा चुनिएको नवभारत टाइम्सको अनलाइन समाचारमा उल्लेख छ।

सन् २०१४ मा रिलिज भएको कोरियन ड्रामा मिस ग्रेनीमा ७४ वर्षकी महिला एक स्टुडियोमा आफ्नो अन्तिम फोटो खिचाउनका लागि जान्छिन्। तर, उनी रहस्यमय तरिकाले २० वर्षकी युवतीमा परिणत हुन्छिन्। यसपछि उनी आफ्नो नातिका साथ एक सांगीतिक ब्यान्ड खोलेर संगीतमा करिअर बनाउँछिन्। उनको नातिलाई भने आफू आफ्नो हजुरआमाका साथ काम गरिरहेको छु भन्ने थाहा हँुदैन। श्रद्धा यस फिल्ममा मात्र होइन नीतीश तिवारीको फिल्म छिछिरोमा पनि एक बुढी महिलाको भूमिकामा देखिँदै छिन्। यसभन्दा अघि फिल्म हसिना पारकरमा पनि एक वृद्ध महिलाको भूमिकामा देखिइसकेकी छिन्।