Saturday, October 17, 2026
Home समाचार जाजरकोटमा यसरी गयो तीन जनाको ज्यान

जाजरकोटमा यसरी गयो तीन जनाको ज्यान

96
सांकेतिक तस्विर

जेठ २७,
जाजरकोट। बारेकोट गाउँपालिकामा भीरबाट लडेर सोमबार विहान तीन जना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बारेकोट गाउँपालिका ५ का १६ वर्षीय भीमराज शाही, १७ वर्षीय नवराज सिंह र ४० वर्षीय पृथीबहादुर बस्नेत रहेको छन्। शाही र सिंह वनलसुन खोज्न र बस्नेत घर बनाउनका लागि काठ काट्न जंगल गएका थिए। बारेकोट ४ स्थित कराइचुला लेक पुगेका दुई भाइ भिरालो जमिनमा चिप्लिएर भीरबाट खसेको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए। वन लसुन एक प्रकारको जडीबुटी हो।

यसको बिक्रीबाट आम्दानी हुने भएपछि स्थानीयवासी जोखिम मोलेर लेकतिर जाने गरेको अध्यक्ष शाहको भनाइ छ। वन लसुन प्रतिकिलो ३२ हजार रुपैयाँमा बिक्री हुने गरेको छ। उनका अनुसार महँगोमा बिक्री हुने भएकाले वन लसुन संकलनमा स्थानीयको आकर्षण बढेको छ। बारेकोटमा एक साता अवधिमा भीरबाट लडेर चार र यार्सा संकलन क्रममा लेक लागेर दुुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।