विप्लबका कार्यकर्ता पक्राउ

191

जेठ २७,
विराटनगर र प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्तालाई विराटनगर महानगरपालिका ७ डाँफे चोकबाट आइतबार राति पक्राउ गरेको छ। पैदल हिँडिरहेका बेला मोरङको सुन्दरहरैंचा नगरपालिका ८ का ५३ वर्षीय रुद्र पौडेललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए। पक्राउ परेका पौडेलमाथि ‘विप्लव’ समूहले विभिन्न समयमा आह्वान गरेको बन्द र हड्तालका बेला ठाउँ–ठाउँमा बम राखेर जनजीवन आतंकित पार्ने गतिविधिमा पनि संलग्न भएको आरोप लगाइएको छ।

प्रहरीका अनुसार उनी खोजी सुचीमा थिए। ‘विभिन्न ठाउँमा बम राखेर शान्ति सुरक्षाको अवस्थामा असर पुर्‍याउने र सर्वसाधारणलाई आतंकित पार्ने कार्यमा पौडेलको संलग्नता हुनसक्ने आशंका छ’ डिएसपी श्रेष्ठले भने, ‘पक्राउ गरेर हिरासतमा राख्दै विस्तृत रुपमा अनुसन्धान अघि बढाइएको छ।’